१.४ लिटर पेट्रोल इन्जिनमा आयो हुन्डाई भर्ना

पुष २८,२०७४
१.४ लिटर पेट्रोल इन्जिनमा आयो हुन्डाई भर्ना

भारतीय बजारमा हुन्डाईले आफ्नो मिड सेगमेन्ट सेडान ‘भर्ना’ लाई नयाँ १.४ लिटर पेट्रोल इन्जिनका साथ उतारेको छ । यो भन्दा पहिले नै बजारमा उपलब्ध भर्ना १.८ लिटर डिजेल र पेट्रोल इन्जिनमा उपलब्ध थियो ।

हाल उपलब्ध १.४ लिटरको भर्ना E र EX गरी दुई भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य भारतीय बजारमा ७ लाख ७९ हजार र ९ लाख ९ हजार भारु तोकिएको छ ।

हुन्डाई भर्नाको उक्त नयाँ इन्जिनले करिब ९९ बीएचपी पावर र १३२ एनएम टर्क प्रदान गर्छ । दुवै भेरिएन्टमा ६–स्पिड म्यानुअल ट्रान्समिसन छ । धेरै माइलेज चाहने ग्राहकका लागि यो इन्जिनयुक्त गाडी बजारमा ल्याएको कम्पनीले बताएको छ । यसको माइलेज १९.१ किलोमिटर प्रतिलिटर रहेको कम्पनीको दावी छ ।

हुन्डाईको यो गाडीले होन्डा सिटी, मारुती सुजुकी सियाज, भक्सवागन भेन्टो र स्कोडा र्यापिड जस्ता गाडीसँग प्रतिस्पर्धा गर्नेछ ।

New Hyundai Verna 1.4 Petrol Model E Features

  • ABS with EBD
  • Dual front airbags
  • Central Locking
  • ISOFIX child seat anchors
  • Beige-Black interior
  • Fabric seat upholstery
  • Rear center armrest with cup holder
  • Halogen headlamps
  • Full wheel covers

 

New Hyundai Verna 1.4 Petrol Model EX Features – All features of the E trim along with-

  • Automatic headlamps
  • Reverse Parking Camera
  • Follow-me home lights
  • Impact sensing auto door lock/unlock
  • Cruise control
  • Keyless entry
  • Cooled glove compartment
  • 5.0-inch touchscreen audio system

2018 Hyundai Verna 1.4 Petrol Dimensions

Length 4,385 mm
Width 1,729 mm
Height 1,450 mm
Wheelbase 2,580 mm
Ground Clearance 170 mm
कमेन्ट गर्नुहोस्