टाटा नेक्सन बन्यो ‘उत्कृष्ट सब–कम्प्याक्ट एसयूभी’

पुष १८,२०७४
टाटा नेक्सन बन्यो ‘उत्कृष्ट सब–कम्प्याक्ट एसयूभी’

काठमाडौं – टाटा नेक्सनले वर्षकै उत्कृष्ट सवकम्प्याक्ट एसयुभी अवार्ड पाएको छ । एनडीटीभी कार तथा बाइक अवार्डमा नेक्सनले यो सम्मान पाएको हो ।

टाटा मोटर्सले उत्पादन गरेको नेक्सन सब–४ मिटर स्पेस भएको र एसयुभी क्षेत्रमा सार्वजनिक भएको यस प्रकारको पहिलो मोडल हो । भारतमा सन् २०१७ सेप्टेम्बरमा यो गाडीको बिक्री प्रारम्भ भएको थियो । नेक्सनको केही भागको डिजाइन ल्यान्डरोभर मोडल र केही भाग रेञ्जरोभर इभोकबाट प्रेरित रहेको कम्पनीको दाबी छ ।

कर्भ डिजाइन, पृथक स्टाइल र स्मार्ट फिचरका कारण एसयुभी कम्प्याक्ट एसयुभीमा नयाँ आयाम ल्याएको कम्पनीले दाबी गरेको छ । गाडीमा प्रोजेक्टर हेडल्याम्प, एलइडी डे टाइम हेडल्याम्प र एलइडी टेलल्याम्प छ । कम्पनीका अनुसार १६ इन्चको एलोई ह्विल, उत्कृष्ट फिटिङ, ड्यास टप एचडी इन्फोटेन्मेन्ट डिस्प्ले र मल्टी ड्राइभिङ मोड सिस्टम छ ।

यो गाडी नेपाली बजारमा छिट्टै बिक्री सुरु हुने टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनाएको छ ।

कमेन्ट गर्नुहोस्