आज भारतीय राष्ट्रपतिको जन्म दिन, यस्तो छ उनको कार

भारतका राष्ट्रपति रामनाथ कोविन्दको आज ७३औं जन्म दिन हो । उनी सन् १९४५ को अक्टोबर १ का दिन कानपुरको सानो गाउँ परौखमा जन्मेका थिए ।

सन् २०१७ को जुलाई २५ मा राष्ट्रपति पदको शपथ लिए पश्चात उनी भारतकै सर्बाधिक महंगो गाडीमा यात्रा गर्छन् ।

भारतीय राष्ट्रपतिले मर्सिडिज बेन्ज एस ६०० पुलम्यान गार्ड कार प्रयोग गर्छन् । यो संसारकै सर्बाधिक सुरक्षित कार मध्ये एक मानिन्छ । यो आवश्यकता अनुसार कम्पनीद्वारा नै निर्मित बख्तरबन्द लिमोजिन हो । यो कार कुनै देशको राष्ट्रपति वा विशेष सुरक्षा आवश्यकता हुने सेलिब्रेटीलाई मात्र उपलब्ध गराइन्छ ।

उनको कारमा नम्बर प्लेटको स्थानमा अशोक स्तम्भ राखिएको छ । सो कारको मूल्य ११ करोड ६० लाख भारु भएको बताइन्छ ।

एस ६०० कार मर्सि्डिज बेन्ज गार्ड रेन्जको कार हो, जसमा १२ सिलिन्डरको स्मुद ड्राइभिङ इन्जिन छ । यसले ५१७ एचपीको पावर र ८३० एनएम टर्क प्रदान गर्छ । खतराको अवस्थामा यसको स्पिड सेकेन्डमै बढाउन सकिन्छ । यो कारको ह्विल बेस ४१२३ एमएम छ, जसका कारण जमीनमा यसको पकड मजबुत हुन्छ ।

यसको इन्टेरियर स्टाइलिस छ । पछिल्लो भागमा एड्भान्स इन्टरटेनमेन्ट सिस्टम छ । पछिल्लो भागमा ४ जना व्यक्ति बस्न सक्छन् ।

यसमा भएको विशेष प्रविधिको प्रयोग गरी एक बटन थिच्ना साथ शिशालाई अपारदर्शी बनाउन सकिन्छ । सबै शिशा बुलेट प्रुफ छन् र गोली छेक्न सक्छन् । रातको समयमा पनि नाइट भ्यु असिष्टको सहयोगले सहज तरिकाले यात्रा गर्न सकिन्छ ।

Subscribe Now