Check, click, shop
यस्तो छ पानीमा चलाउन सकिने कार बबल्स

अटोमोबाइलको सीमा अब जमिनमा मात्र सिमित रहेन । आगामी दिनमा समुद्री सतहमा पनि यसको प्रयोग हुने भएको छ ।

जमिनमा बाहुल्यता जमाइसकेको अटोमोबाइल क्षेत्र छलाङ्ग मारेर समुद्री सतहमा पनि पुगेको छ । हालसालै वैज्ञानिकहरुले एउटा यस्तो कारको विकास गरेका छन् जसको सहयोगले पानीको सतहमा पनि यात्रा गर्न सकिन्छ । वैज्ञानिकहरुले सो कारको नाम बबल्स राखेका छन् ।

बबल्स कार एक सानो आकारको प्रयोगात्मक हाइड्रोफाइल कार हो । यो कार एउटा डुङगा र इलेक्ट्रिक कारको बीचको हाइब्रिड हो । यसमा दुई वटा इलेक्ट्रिक मोटर जडान गरिएको हुन्छ । यसले समुद्रको सतहमा लामो दुरीसम्म तैरिनका लागि सहयोग गर्छ ।

सो कारमा ४ इन्प्लाइन सपोर्ट पनि राखिएको छ । यसले पनि सो कारलाई सतहमा तैरनको लागि मदत गरेको हुन्छ । व्याट्री चार्ज गर्नको लागि सोलार प्यानल र टर्वाइनको मिश्रणको उपयोगबाट विद्युतिय शक्तिको प्रयोग गरिएको छ ।

यो कारको टप स्पिड २५ किलोमिटर प्रतिघण्टा सम्म रहेको छ । यही स्पिडमा सो कारलाई नरोकेरै लगातार ३ घण्टा सम्म चलाउन सकिन्छ । त्यसपछि यसलाई रिचार्ज गर्नु पर्ने हुन्छ ।

आगामी सन् २०२४ सम्ममा सो कारको सेवामार्फत ५० शहरमा यसको नेटवर्क राख्ने योजना रहेको छ । जसले पानीमा यात्रा निकै फाइदाजनक हुन सक्छ ।

फ्रेन्च स्टार्टअप कम्पनी सी बबल्सले यसको निर्माण गरेको हो । सन् २०१६ मा स्थापना भएको सो स्टार्टअप कम्पनीले बबल्सलाई व्यावहारिक रुपमा प्रयोगमा ल्याउन विभिन्न क्षेत्रबाट फन्डहरु समेत जम्मा गरिरहेको छ ।

Subscribe Now