कार पानीमा डुबेको छ ? यी तीन गल्ती कहिल्यै नगर्नुस्

बर्षा यामको समयमा दिनहुँ जसो भारी बर्षा भइरहन्छ । बर्षामा नेपालको अधिकांश सडकमा पानी जमेको हुन्छ । बर्षामको समयमा ड्राइभिङ गर्दा अतिरिक्त सावधानी अपनाउनु पर्ने हुन्छ । बर्षाको समयमा जताततै पानी जमेका हुन सक्छ । त्यसैले पानी जमेको अवस्थामा ड्राइभिङ गर्दा निम्न कुरामा ध्यान दिनु पर्छ ।


पानी भएको ठाउँमा कार पार्किङ नगर्नु
बर्षाको समयमा सडकको साथ साथै पार्किङ स्थलमा पनि पानी भरिएको हुन्छ । यस्तो अवस्थामा कार पार्किङ गर्नु वा रोक्नु परेमा सकेसम्म पानी नजमेको स्थान हेर्नु पर्छ । पानी जमेको स्थानमा कार रोकेमा पानी कार भित्र छिर्ने डर रहन्छ । जसको कारण अनेक झन्झट उत्पन्न हुन सक्छ ।


पानीमा बन्द भएको कार रिस्टार्ट नगर्नु
भारी बर्षाको कारण कैयौं स्थानमा कार वा बाइकलाई पानीले नै ढाकेको हुन्छ । यस्तो बेलामा पानी कारको इन्जिनमा गएर स्टार्ट बन्द हुने खतरा हुन सक्छ । यदि पानीको कारणले स्टार्ट बन्द भएको खण्डमा पुन स्टार्ट गर्ने मुर्खता गर्नु हुन्न । यसले इन्जिन विग्रने खतरा हुन्छ । कारलाई ठेलेर पानी भन्दा बाहिर निकाल्ने कोशिस गर्नु वा पानीको स्तर कम हुने समयसम्म पर्खिरहनु अनि मात्र स्टार्ट गर्नु राम्रो हुन्छ । यस्तो अवस्थामा पनि स्टार्ट नभएमा मेकानिक्ससँग सम्पर्क राख्नु उचित हुन्छ ।


पहिलो गियर भन्दा माथिको गियर प्रयोग नगर्नु
जमेको पानीबाट कार वा बाइक निकाल्दा जहिले पनि कम स्पिडमा ड्राइभिङ गर्नु पर्छ । जमेको पानीमा कार जहिले पनि पहिलो गियरमा चलाउँनु पर्छ । यसले इन्जिनमा पानी छिर्न पाउँदैन । आवश्यक परेको समयमा ब्रेक लगाउँन पनि सजिलो हुन्छ । याद राख्नुस् जमेको पानीमा ड्राइभिङ गर्दा जहिले पनि स्पिड कम गर्नु पर्छ र हल्का ब्रेक पनि समाइराख्नु पर्छ ।

Subscribe Now