Gulf Ave Trading
६५ करोडको गोबर किन्दै भारतीय रेल विभाग
Total
Tata tigro
भारत— भारतीय रेल विभागले झण्डै ६५ करोडको गोबर किन्दै छ । विभागलाई झण्डै ३३ सय ५० ट्रक गोबरको आवश्यकता परेको छ । भारतीय रेलवे विभागले यस वर्ष गाईको गोबर खरीदका लागि ४२ करोड भारु खर्च गर्दैछ ।

यस वर्ष सबै रेलमा बायो ट्वाइलेट जडान गर्ने लक्ष्य रेल विभागको छ । ४४ दशमलब ८ प्रतिशत रेलमा जडान गरिएका बायो ट्वाइलेटमा फोहोर गलाउने ब्याक्टेरिया रिचार्ज गर्नका लागि विभागले गाईको गोबर किन्ने भएको हो ।

बायो ट्वाइलेट भनेको एउटा सानो आकारको ढल प्रशोधन प्रणाली नै हो जुन ट्वाइलेट सिट मुनि हुन्छ । यसमा कम्पोष्ट च्याम्बरमा हुने ब्याक्टेरियाले मानव मलमुत्र विच्छेदन गरी मिथेन र पानीमा टुक्राउँदछ र यसबाट मानव मलमुत्र व्यवस्थापन हुन्छ ।

Subscribe Now