पोखरामा कर्मचारी र जनप्रतिनिधिलाई बस सेवा

पोखरा — पोखरामा कर्मचारी र जनप्रतिनिधिहरुलाई मध्यनजर गर्दै बुधबारदेखि बस सेवा सुचारु गरिएको छ । पोखरा लेखनाथ महानगपालिकाले कर्मचारीहरुको सुविधाका लागि बुधबारदेखि बस सेवा सञ्चालन गरेको हो ।

बस हरेक दिन बेगनासताल बसपार्कबाट बिहान ९ः१५ बजे छुटि तालचोक, विजयपुर, अमरसिंहचोक, पृथ्वीचोक, एयरपोर्ट, बिरौटाचोक, राष्ट्र बैंकचोक, रत्नचोक सिर्जनाचोक हुँदै १० बजे महानगरको कार्यालय न्युरोडमा आइपुग्नेछ । फेरी शुक्रबार दिउँसो ३ः१० मा र अन्य दिन ५ः१० बजे महानगरको कार्यालयबाट सोही रुटअनुसार बेगनासतालसम्म बस पुग्नेछ ।

यि बसहरु बिदाको दिन सञ्चालन हुने छैनन् । यो रुटको बस सेवाको प्रभावकारिता हेरेपछि महानगरको उत्तरतर्फको क्षेत्रलाई समेट्ने गरी पनि बस सेवा शुरु गर्ने योजना वनाएको छ ।

बस सेवाको सुविधा महानगरका जनप्रतिनिधिले पनि उपयोग गर्न सक्ने छन् । कर्मचारी कार्यालय आउने समयको नियमितता, एक रुपताका साथै सुरक्षालाई समेत दृष्टिगत गरी बस सेवा शुरु गरिएको छ ।

 

Subscribe Now