Check, click, shop
टिकटमा कालोबजारी, ९ सयको टिकटलाई १६ सय

काठमाडौं - यातायात व्यवसाहिले टिकटमा कालोबजारी गर्न थालेका छन् । यात्रुले सरकारी भाडा दरमा टिकट पाएका छैनन् । उदाहरणको लागि सुभद्रा बस्नेत बीपी राजमार्गबाट हाइसमार्फत मोरङ मधुमल्ला जान लागेकी थिइन् । कोटेश्वरमा सरकारले भाडादरसहित राखेको हेल्प डेक्सबाट फोटो खिचेर उनी तीन दिनसम्म टिकट काउन्टर धाइन् ।

हेल्प डेक्समा भाडा दर ९ सय २५ लेखेको छ, फोटो खिचेर काउन्टरमा देखाउदा पनि कर्मचारीले तोकिएको दरमा टिकटै दिएनन् । हेल्प डेक्समा गुनासो पोख्न जादाँ डेक्स खाली थियो । दिनभरि नै हेल्प डेक्स खालि हुने गरेको छ । गुनासो सुन्न ट्राफिक कार्यालयका कर्मचारी त्यहाँ बस्दैनन् । अर्को दिन उनले ९ सय २५ को टिकटलाई १६ सयमा काटिन ।

यसरी धेरै नेपालीहरु टिकटमा ठगिएका छन् । यातायात व्यवसायीले मध्यम र लामो दूरीका सवारीको भाडादरमा कालोबजारी गरेका छन् । सरकारले तोकेको भाडादरको बेवास्ता गर्दै उनीहरूले प्रत्येक टिकटमा ५ सयदेखि १ हजार रुपैयाँसम्म अतिरिक्त भाडा असुल गरेका छन् । तर टिकटमा भने सरकारले तोकेको भाडा दर मात्रै उल्लेख गर्छन् ।

लामो दूरीका रात्रीकालीन सवारीसाधन, मिनी बस तथा हाइसका टिकट काउन्टरले आफूखुसी टिकटको नाममा यात्रुसँग अत्यधिक भाडा असुल गर्दै आएका छन् । चाडबाडको मुखमा सयौं यात्रु दैनिक टिकटमा कालोबजारी बेहोर्न बाध्य छन् । यातायात व्यवस्था विभागले यस्ता गुनासोहरुलाई गम्भिरका साथ लिएर कडाइका साथ अनुगमन गर्ने जनाएको छ ।

यात्रुहरु सरकारले तोकेको भाडादर थाहा भएता पनि दशैं जस्तो पर्वमा घर जान नपाइने डरले वढि भाडा तिर्न विवश भएको वताउँछन् ।

 

Subscribe Now