नेपालमा आयो टीभीएस जुपिटर क्लासिक

पुष १५,२०७४
नेपालमा आयो टीभीएस जुपिटर क्लासिक

काठमाडौं – टीभीएस मोटर्सको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएसको उत्पादन ‘अल न्यु टीभीएस जुपिटर क्लासिक’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले एभरेष्ट प्रिमियर लिगको फाइनल म्याचको अवसरमा यो स्कुटर सार्वजनिक गरेको हो ।

एभरेष्ट प्रिमियर लिगको फाइनलमा भैरहवा ग्लाडिएटर र बिराटनगर वारियर बीच फाइनल खेल भएको थियो । टीभीएस एभरेष्ट प्रिमियर लिगको मुख्य प्रायोजक रहेको थियो । टीभीएसले जुपिटर क्लासिक एडिसनमा थुप्रै फिचरहरुको अपग्रेड गरेको छ भने यसले ग्राहकको चाहनालाई पुरा गर्ने विश्वास लिएको बताएको छ ।

चालकलाई सुखद अनुभूति र उच्च गति प्रदान गर्ने टीभीएस जुपिटर सडकमा समेत निकै आकर्षक देखिने बताएको छ । क्लासिक संस्करणमा सनलाइट आइभोरी बडी कलर, डिकल्स, इलिगेन्टफुल क्रोम मिरर, क्रोम बास्केट, आकर्षक डिजाइन, स्मार्ट यूूएसबी चार्जर, आरामदायी २ जना बस्न मिल्ने सिट लगायतका सुबिधा छन् ।

‘अल न्यु टीभीएस जुपिटर क्लासिक’ सावजनिक गर्दै शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रावालले भने, ‘टीभीएस जुपिटर क्लासिकले भारतीय बजारमा निकै ठूलो सफलता पाएपछि हामीले नेपाली बजारमा ल्याएका हौं । यो स्कुटरले भारतीय बजारमा सनसनी पूर्ण उपलब्धि हाँसिल गरेको छ । हामीलाई विश्वास छ नेपाली बजारमा समेत त्यस्तै सफलता पाउने छौं । टाइमलेस क्लासिकको हलमार्क जस्तै भएको छ । हामीले सधै हाम्रा ग्राहकहरुले देख्नेगरी जुपिटरमा परिर्वतन गर्दै ल्याएका छौं ।
‘टीभीएस जुपिटर क्लासिक’ पुरै आल्मुनियम बडीको छ । यसले ११० सिसी इन्जनबाट उच्चतम शक्ति उत्पन्न गर्छ । सुपेरियर एक्सेलरेसन र निकै फ्युल इफिसियन्सी रहेको बताएको छ ।

पूर्णत मेटल बडीमा निर्माण भएको जुपिटर क्लासिक चलाउन निकै सजिलो छ । यो स्कुटरमा टीभीएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ । जसको सहायताले इको मोड र पावर मोड दुबैमा चलाउन सकिन्छ । इको मोडमा गुडाउँदा इन्धनमा निकै बचत हुन्छ ।

टीभीएस जुपिटर क्लासिकको मूल्य १ लाख ८९ हजार ९०० रुपैयाँ तोकिएको छ । नेपालभर रहेका सम्पूर्ण डिलर र सोरुमबाट यो स्कुटर पाउन सकिने कम्पनीले बताएको छ ।

यो स्कुटर भारतमा पनि केही समय अघि मात्र सार्वजनिक गरिएको थियो ।

टीभीएसले ल्यायो जुपिटर क्लासिक एडिसन स्कुटर

 

कमेन्ट गर्नुहोस्