विशेष ब्याट्रीयुक्त विद्युतीय स्कुटर नेपालमा

पुष १३,२०७४
विशेष ब्याट्रीयुक्त विद्युतीय स्कुटर नेपालमा

काठमाडौं – नेपाली बजारमा रहेका विद्युतीय स्कुटरको भीडमा नयाँ खाले स्कुटर निउ (NIU) आइपुगेको छ । केही समय यता नेपाली सडकमा गुडिरहेका यी स्कुटरमा लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ । पानासोनिक कम्पनीको सहकार्यमा विकास गरिएको यो ब्याट्रीले नै विद्युतीय स्कुटरमा अन्य भन्दा फरक पहिचान कायम गरेको छ । ब्याट्रीलाई एक पटक करिब ६ घण्टा चार्ज गरे पछि स्कुटर करिब ८० किलोमिटर गुड्न सक्छ ।


सजिलैसँग एक स्थानबाट अर्को स्थानमा पु¥याउनका लागि समेत सहज उक्त ब्याट्रीको तौल १० किलोग्राम मात्र छ । यसको अर्को विशेषता भने निउ एप हो । उक्त एपको सहयोगले जीपीएस चलाउन, चोरी हुनबाट रोक्न, रिमोट ट्रयाक गर्न र अन्य सबै खाले सुरक्षा अपनाउन सकिन्छ । ब्याट्रीको क्षमता कति छ र कति किलोमिटर गुड्छ भन्ने कुरा समेत एपबाटै थाहा पाउन सकिन्छ ।


नेपालमा M1 र N1S गरी दुई मोडलका स्कुटर उपलब्ध छन् । M1 Pro को मूल्य १ लाख ७८ हजार ८ सय ८८ रुपैयाँ र N1S को मूल्य १ लाख ९८ हजार ८ सय ८८ रुपैयाँ तोकिएको छ । क्रिसमस र नयाँ वर्ष २०१८ को उपलक्ष्यमा कम्पनीले यी स्कुटरमा केही समयका लागि छुट उपलब्ध गराएको हो । नेपालमा इको इन्फिनिटी प्रालिले निउ ब्रान्डको स्कुटर उपलब्ध गराएको हो ।

कमेन्ट गर्नुहोस्