बंगलादेशी रनर बाइक नेपालमा आयो

पुष ३,२०७४
बंगलादेशी रनर बाइक नेपालमा आयो

काठमाडौं – नेपाली बाइक बजारमा बंगलादेशी ब्रान्ड ‘रनर’ प्रवेश गरेको छ । रनर ब्रान्डलाई नेपालमा रमन मोटर्सले भित्र्याएको हो । रनरले नेपालमा ७ वटा मोडल सार्वजनिक गरेको छ ।

रनरले नेपालमा ८० सिसी देखि १५० सिसी सम्मका रनर मोटरसाइकल सार्वजनिक गरेको हो । यी बाइकको मूल्य १ लाख ४८ हजारदेखि २ लाख ५० हजार रुपैयाँ सम्म तोकिएको छ ।

कार्यक्रममा रनर ग्रुप अफ कम्पनीका प्रमुख हाफिजुर रहमान खान, रनर अटोमोबाइल्सका सीईओ मुकेश शर्मा र रमन मोटर्सका सीईओ रमन महतोको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै रनर ग्रुप अफ कम्पनीका प्रमुख खानले नेपालमा आफूहरु दिगो सोचका साथ आएको बताए । नेपालीहरु सामु भरपर्दाे प्रोडक्टको रुपमा आफुहरुलाई स्थापित गर्ने समेत उनको दाबी छ ।

रनर अटोमोबाइल्सका सिइओ शर्माले नेपालको बजारलाई आफुहरुले लामो समय अध्ययन गरेर मात्रै यसको नेपालमा लन्च गरेको बताए । नेपालमा यसको विक्री सुरु भएसँगै यसका स्पेयर पार्ट्स समेत सहज रुपमा उपलब्ध हुने व्यवस्था गर्ने उनले दावी गरे ।

कम्पनीले देशभर विभिन्न १० स्थानमा डिलर नियुक्त गरिसकेको र आगामी ६ महिना भित्र थप ३० वटा सोरुम र सर्भिस सेन्टर स्थापना गर्ने बताएको छ ।
बंगलादेशको रनर अटोमोबाइल्स लिमिटेडले रनर ब्रान्डका मोटरसाइकल उत्पादन गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्