अष्ट्रेलियन ‘हन्टर’ बाइक नेपालमा, पाँच मोडल सार्वजनिक

पुष ३,२०७४
अष्ट्रेलियन ‘हन्टर’ बाइक नेपालमा, पाँच मोडल सार्वजनिक

काठमाडौं – नेपालमा अष्ट्रेलियन कम्पनी ‘हन्टर’ का बाइक भित्रिएका छन् । नेपालको लागि हन्टर मोटरसाइकलको आधिकारिक बिक्रेता राई मोटर्सले हन्टर मोटरसाइकलको नयाँ पाँच मोडलहरु भित्र्याएको हो । कम्पनीले डेटोना ३५० सिसी, क्याफे रेसर ३५० सिसी, स्पाइडर ३५० सिसी, क्रुजर ३५० सिसी र स्नाइपर ३५० सिसी नेपाली बजारमा भित्र्याएको हो ।

यी मोडेलहरुमध्ये डेटोना ३५० सिसी, स्पाइडर ३५० सिसी र क्रुजर ३५० सिसीको अधिकतम पावर ८००० आरपीएममा ३४ बिएचपी छ ।

त्यसै गरी क्याफे रेसर ३५० सिसी र स्नाइपर ३५० सिसीको अधिकतम पावर ८००० आरपीएममा ३४ बिएचपी छ ।

सबै मोडलका बाइकहरुमा एडभान्स ईएफआई (ईलेक्ट्रोनिक फ्युल इन्जेक्सन) प्रणाली जडान गरिएको छ । त्यसै गरी यी सबै बाइकहरुमा ३५० सिसी, डबल सिलिन्डर र डबल कुलिङ सिस्टम (एयर र आयल कुलिङ)को इन्जिन जडान गरिएको छ ।

राई मोटर्सले यस बाइकको सोरुम बालुवाटारमा स्थापना गरेको छ । यस कम्पनीले स्पेयर पार्ट्स, सर्भिस र सेल्सको सुविधा प्रदान गरेको छ । त्यसैयरी २ वर्षको निःशुल्क सर्भिसको सुबिधा र इन्जिनमा १ बर्षको वारेन्टी समेत प्रदान गरेको छ ।

यी बाइकहरु म्याट ब्ल्याक, ग्लोस ब्ल्याक, ह्वाइट, रेड र ब्लु रंगहरुमा उपलब्ध छन् । हन्टरका यी सबै मोटरसाइकलको मुल्य ६ लाख ३० हजार रुपैयाँ रहेको छ ।

हन्टर मोटरसाइकल अस्ट्रेलियामा लोकप्रिय मोटरसाइकल ब्रान्ड हो । यसले स्थापनादेखि नै प्रिमियम सेगमेन्टको मोटरसाइकलहरु उत्पादन गर्दै आएको छ ।

यस कम्पनीसँग स्पोर्ट्स बाइक, क्रुजर, क्याफे रेसर जस्ता विभिन्न मोडलका बाइकहरु उत्पादन गर्ने वर्षौं देखिको अनुभव छ ।

कमेन्ट गर्नुहोस्