Check, click, shop
फाइटर जेटलाई समेत बाइकले जित्यो रेसिङमा (भिडियो सहित)

गतिको हिसाव गर्दा लडाकु विमानसँग कोही पनि प्रतिस्पर्धा गर्न सक्दैन । तर टर्कीमा भएको अनौठो रेसमा विमानले बाइकसँग पनि प्रतिस्पर्धा गर्न सकेन ।

टर्कीको राजधानी इस्तानबुलमा आगामी अक्टोबर महिनामा विमान, अन्तरिक्ष र टेक्नोलोजी फेस्टिभल हुँदैछ । सो फेस्टिभलमा टर्कीको दोस्रो विमानस्थलको उद्घाटन हुनेछ । त्यही विमानस्थलको रनवेमा सो रेस भएको थियो ।

सो रेसमा १५ सय किलोमिटर स्पिड भएको फाइटर जेट एफ–१६, च्यालेन्जर ६०५ विमान, सुपर कार, फर्मुला वान समेत ४ कार र सुपरबाइक सामेल थिए । सबैले रनवेको ४ सय मिटर दुरी पार गर्नु पर्ने थियो ।

सो प्रतिस्पर्धामा सुपरबाइकले सो दुरी ९.२५४ सेकेन्डमै पुरा गरेर फाइटर जेट समेत सबैलाई पछि पा¥यो । दोस्रो नम्बरमा फर्मुला वान कार रह्यो ।

रेसमा भाग लिने सुपरबाइक कावासाकी निन्जा एच२ थियो । यो ९९८ सीसीको बाइक हो । यसको मूल्य करिब ६५ लाख रुपैयाँ पर्छ । यसको टप स्पिड ४ सय किलोमिटर प्रतिघण्टा छ ।

बाइक राइडर किनन सोफोग्लु थिए । उनी टर्कीका राजनीतिक नेता हुन् र उनी लामो समय सुपरस्पोर्ट वल्र्ड च्याम्पियन रहिसकेका ब्यक्ति हुन् ।

दोस्रो नम्बरमा रहेको रेडबुलको फर्मुला वान कार १६ सय सीसीको थियो । यसको टप स्पिड ३३० किलोमिटर प्रतिघण्टा छ ।

रेसिङमा टेस्ला पीए१००डीएल, लोटस इभोरा जीटी४३०, एस्टन मार्टिन न्यु भ्यान्टेज आदि समेत सामेल थिए ।
रेसमा भाग लिएको विशेष विमान च्यालेन्जर ६०५ थियो । यसको टप स्पिड ८७० किलोमिटर प्रतिघण्टा छ । यसको मूल्य करिब ३ करोड रुपैयाँ पर्छ ।

Subscribe Now