Check, click, shop
आयो बजाज पल्सर एनएस १६० डबल डिस्क

काठमाडौं – बजाजको नयाँ बाइक पल्सर एनएस १६० डबल डिस्क भृकुटीमण्डपमा जारी नाडा अटो शोमा सार्वजनिक गरिएको छ ।

कम्पनीले पुरानो एनएस १६० लाई नेपाली बजारमा २ लाख ८६ हजार ९०० मा बिक्री वितरण गरिरहेको थियो । तर नयाँ मोडलको मूल्य भने अहिले नै सार्वजनिक नभएको कम्पनीले जनाएको छ ।

मोटरसाइकलमा उपलब्ध १६० सीसीको फोर स्ट्रोक आयलकुल्ड इन्जिनले १५.५ बीएचपी पावर र १४.६ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा फाइभ स्पिड म्यानुअल गियरबक्स छ ।

नयाँ बाइकको टायर साइज पनि पुरानोको तुलनामा मोटो रहेको कम्पनीले जानकारी दिएको छ ।

बाइकको अगाडिको पांग्रामा २४० एमएम र पछाडिको पांग्रामा २३० एमएमको डिस्क ब्रेक छ । पहिलेको पल्सर एनएस १६० भन्दा यसमा कुनै पनि मेकानिकल परिमार्जन नगरिएको कम्पनीले जनाएको छ ।

Subscribe Now