आजदेखि भृकुटीमण्डपमा बजाजको ग्रान्ड एक्सचेन्ज
काठमाडौं – बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले ‘ग्रान्ड एक्सचेज मेला’ आयोजना गर्ने भएको छ । ‘जिन्दगी बदलिन्छ बजाज एक्सचेन्जसँग’ भन्ने मुलनाराका साथ काठमाडौको भृकुटी मण्डपमा मंसिर ७ गते बिहीबार देखि ११ गतेसम्म मेला आयोजना हुने भएको छ ।

 

‘ग्रान्ड एक्सचेज मेला’ नेपालकै सबैभन्दा ठुलो बाइक एक्सचेन्ज मेला हुने कम्पनीले विश्वास लिएको बताएको छ । यस अवसरमा ग्राहकले कुनै पनि ब्रान्डका मोटरसाइकल र स्कुटरहरु ल्याएर बजाजका मोटरसाइकलसँग साट्न सक्नेछन् ।

 

साथै मेलालाई भव्य बनाउन कम्पनीले आर्कषक गिफ्ट ह्याम्परहरु समेत राखेको छ । हरेक दिन भाग्यशाली एक जना ग्राहकले लक्की ड्रबाट सामसुङ मोवाइल जित्न सक्नेछन् ।

Subscribe Now