Check, click, shop
बजाज महाएक्सचेञ्ज मेलामा १५० मोटरसाइकल विक्री

काठमाडौं - चितवनमा भएको बजाज महाएक्सचेञ्ज मेलामा १ सय ५० मोटरसाइकल विक्री भएका छन् । हंसराज हुलास चन्द एण्ड कम्पनीले राजधानीबाहिर पहिलो पटक महाएक्सेञ्ज मेलाको आयोजना गरेको थियो ।

भरतपुरको केन्द्रीय बस टर्मिनलमा ३ दिनसम्म चलेको सो मेलामा बजाज कम्पनीका १ सय ५० ओटा मोटरसाइकल विक्री भएका थिए । मेलामा पल्सर, डिस्कभर, एभेञ्जर मोडललगायत मोटरसाइकल विक्री भएको व्यवसायीले बताएका छन् ।

मेलामा चितवनमा रहेका बजाज मोटरसाइकलका आधिकारिक विक्रेताहरू नारायणगढको नारायणी मोटर्स, भरतपुरको एनके मोटर्स, टाँडीको निशास मोटर्स र पर्साको आशीर्वाद अटोमोबाइल्सले एकै स्थानबाट ग्राहकलाई सेवा प्रदान गरेका थिए ।

सो मेलामा नयाँ मोटरसाइकल विक्रीको साथै त्यसै ठाउँमा फाइनान्स सुविधा, जुनसुकै कम्पनीको पुरानो मोटरसाइलकसँग बजाजको नयाँ बाइक साटफेर, टेष्ट ड्राइभलगायत सुविधा प्रदान गरिएको थियो । बजाजको मोटरसाइकल टेष्ट ड्राइभ गर्नेहरूलाई आकर्षक पुरस्कारसमेत प्रदान गरिएको थियो ।

 

Subscribe Now