Check, click, shop
अब बजाज डिस्कभर मात्र १९,९९९ को डाउनपेमेन्टमा

 

काठमाडौं -बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बजाज डिस्कभरमा न्यूनतम डाउनपेमेन्ट स्कीम ल्याएको छ ।

कम्पनिले ल्याएको स्कीम अन्तर्गत बजाज डिस्कभर खरिद गर्दा अब मात्र १९,९९९को न्यूनतम डाउनपेमेन्ट तिरे पुग्नेछ ।

खरिदकर्ताले हुलास इन्भेष्टमेन्टबाट फाइनान्समा सजिलै बजाज डिस्कभर खरिद गरी सरल किस्ताबन्दीको फाइदा लिन सक्ने कम्पनिले जनाएको छ ।

चाडपर्वको बेला बजाज डिस्कभर खरिद गर्न चाहने हरेकले बजाज डिस्कभर खरिद गर्न सकुन् भन्ने उद्देश्यले न्यूनतम डाउनपेमेन्ट सहुलियत प्रदान गरिएको कम्पनिले जनाएको छ ।

बजाज नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्रान्डमा पर्दछ ।

Subscribe Now