यस्तो फुल्ली लोडेड, छैन अरु कोही

असार १५,२०७४
यस्तो फुल्ली लोडेड, छैन अरु कोही

ड्राइभिङ आफैमा आनन्ददायक कार्य हो । यद्यपि यसका लागि उपयुक्त सवारी साधन आवश्यक हुन्छ । एउटा १२५ सिसीको सामान्य बाइकमा अतुलनिय विशेषता र सुविधाजनक बसाइका साथ यात्रा गर्न सकियो भने कस्तो होला ? यस्तो सुविधाको अनुभव गर्न सकिन्छ टीभीएसको फोनिक्समा ।

 
टीभीएसले पहिलेको फोनिक्सलाई परिस्कृत गरेर नयाँ फोनिक्स बजारमा ल्याएको धेरै भएको छैन । नेपालमा आएको पनि केही महिना मात्र भएको छ । कम्पनीले बजार प्रवद्र्धनका लागि थोरै मूल्यमा धेरै विशेषता भएको बाइकको रुपमा यसलाई परिभाषित गरेको छ । त्यसैले कम्पनीले ‘यस्तो फुल्ली लोडेड, छैन अरु कोही’ भनेरै यसको बजार प्रवद्र्धन गरिरहेको छ ।


फोनिक्स वास्तबमा कम्युटर बाइक हो, जसमा फ्रन्ट–सेट फुट पेग्स सहितको रिल्याक्स्ड पोजिसन उपलब्ध छ । सहज तरिकाले हातमार्फत ग्रिप प्रदान गर्नका लागि यसका कम्प्याक्ट ह्यान्डल बार छ । ह्यान्डल बारमा प्लाष्टिक बटनसहितको इन्जिन किल स्वीच समेत छ । यसमा भएको फराकिलो र लामो सिटका कारण लामो दुरीको यात्रालाई पनि उत्तिकै सुविधाजनक बनाउन सकिन्छ । आफ्नो घुडालाई फ्युल ट्यांकमा राम्रोसँग फोल्ड गर्दा झन् राइडिङ निकै नै आनन्ददायक लाग्छ ।

 
यसमा सुरक्षाका लागि रियर सारी गार्ड, फ्रन्ट लेग गार्ड र पास बटन समेत छ । यसमा भएको डिस्क ब्रेकका कारण हाइ स्पिडको अवस्थामा पनि सुरक्षित साथ रोक्न सकिन्छ । यसमा भएका ट्युबलेस टायरका कारण कहिलेकाही बाइक पन्चर भएर नजिकको सर्भिस स्टेशनमा पुग्नका लागि समस्या हुँदैन ।

 
फोनिक्समा १२५ सिसीको इकोथ्रस्ट इन्जिनको प्रयोग गरिएको छ । यसले ११ पीएस र १०.८ एनएमको टर्क प्रदान गर्छ । यसमा ४–स्पिड म्यानुअल गियरबक्स रहेको छ, जुन अप–सिफ्ट प्याटर्नमा रहेको छ । अगाडि न्युट्रल र क्रमशः अन्य गियरमा सिफ्ट गर्न सकिन्छ ।

 
फोनिक्सको स्मार्ट हेडलाइट र टिन्टेड भाइजरले यसको आकर्षणमा वृद्धि गरेको छ । यसमा एलईडी पाइलट ल्याम्प सहितका स्टाइलिस हेडल्याम्प छन् । यो सेगमेन्टमा यस प्रकारको फिचर पहिलो भएको र यसका कारण रातमा धेरैको ध्यान खिचेको पाइन्छ ।

 
यसको सार्प फ्रन्ट फेन्डरले बाइकलाई एग्रेसिभ लुक्स प्रदान गरेको छ । यसको रोटो पेटल डिस्क ब्रेक र सिक्स स्पोक एलोई ह्विलका कारण अपाचे जस्तो लुक्स प्रदान गरेको छ । बाइकको ब्ल्याक फिनिस्ड एलोई ह्विल, इन्जिन र मफलरका कारण सबैमा ब्ल्याक थेमलाई फलो गरे जस्तो देखिन्छ । यसको फुल साइज टेल लाइट अलि फरक खाले देखिएकाले धेरैको ध्यान खिचेको पाइन्छ ।

 
फोनिक्समा पुर्ण रुपमा डिजिटल कन्सोल प्रयोग गरिएको छ । यो सेगमेन्टमा यस प्रकारको डिजिटल कन्सोल हुनु नै मूख्य विशेषता भएको मानिन्छ । यसमा डिजिटल स्पिडोमिटर, ट्रिप मिटर, ओडोमिटर र फ्युल गज जस्ता फिचर उपलब्ध छन् । यसैमा सर्भिस रिमाइन्डर, क्लक र अन्य इन्डिकेटर समेत छन् । सर्भिसिङ गर्ने समयको बारेमा सर्भिस रिमाइन्डरले जानकारी गराउँछ ।

 
टीभीएस फोनिक्सको ट्यांक स्कुपका कारण राइडलाई उबर–कुल अनुभव प्रदान गर्छ । यसमा विशेष प्रकारको इन्जिनियरिङ डिजाइन गरिएको छ । यसको एरोडाइनामिक डिजाइनका कारण अरुले बाइक चलाएको देख्दा पनि निकै नै आकर्षक लाग्छ ।

 
फोनिक्समा भएको एउटा नयाँ विशेषता नै भेइकल लोकेटर की हो । बाइकको चाबीसँगै जोडेर राखिएको यो कीका कारण आफ्नो बाइक कता छ भनेर खोजी गर्नै पर्दैन । सहरमा भएका धेरै पार्किङ स्थलमा प्रशस्तै बाइक हुन्छन् । बाइकको भीडमा आफ्नो बाइक खोजी गर्न पनि समस्या हुन सक्छ ।

 

कहिलेकाहीं त झन् पहिले राखेको बाइक अर्कै स्थानमा पनि पु¥याइएको हुन्छ । यो अवस्थामा भेइकल लोकेटर की थिच्ना साथ बाइकमा रातो बत्ती ब्लिंक गर्छ र आवाज पनि निकाल्छ । यसबाट आफ्नो बाइकको कुन स्थानमा छ भनेर तुरुन्तै थाहा पाउन सकिन्छ ।

 
फोनिक्समा प्रयोग गरिएको एमआईजी अर्थात मोनोट्युब इन्भर्टेड ग्यास फिल्ड सक एब्जभर्बरका कारण पहाडी खाल्डाखुल्डी वा उबडखाबड अवस्थामा समस्याको अनुभव गर्नु पर्दैन ।

 
नेपालमा जगदम्बा मोटर्सले टीभीएस फोनिक्सको बिक्री–वितरण गरिरहेको छ । यसको मूल्य १ लाख ७४ हजार ९ सय रुपैयाँ तोकिएको छ । कम्पनीले ५ बर्ष वारेन्टी र २ बर्ष निःशुल्क सर्भिसिङको सुविधा उपलब्ध गराउछ ।

ENGINE:  
Engine Displacement 124.53 CC
Engine Type Air cooled, 4 stroke
Number Of Cylinders 1
Valves Per Cylinder 2
Max Power 11.0 PS @8000 rpm
Max Torque 10.8 Nm @5500 rpm
Bore x Stroke 57.0 x 48.8 mm
Fuel Type Petrol
Starter Electric-Kick
TRANSMISSION:  
Transmission Type Manual
Number Of Speed Gears 4
Final Drive (Rear Wheel) Chain
WHEELS & TYRES:  
Front Tyre (Full Spec) 2.75 X 17 Tubeless
Rear Tyre (Full Spec) 90/90 X 17 Tubeless
BRAKES:  
Front Brake Type 240 mm Disc
Rear Brake Type 130 mm Drum
SUSPENSION:  
Suspension Front Telescopic oil damped
Suspension Rear Twin, 5 step adjustable monotube inverted gas filled canister.
DIMENSIONS:  
Overall Length 1985 mm
Overall Width 740 mm
Overall Height 1065 mm
Wheelbase 1265 mm
Ground Clearance 165 mm
Kerb Weight 116 kg
Fuel Capacity 12.0 Litres

 

कमेन्ट गर्नुहोस्