सुजुकीको ‘द पर्फेक्ट फेमिली कार’ सेलेरियोको नयाँ भर्सन

पुष ३,२०७४
सुजुकीको ‘द पर्फेक्ट फेमिली कार’ सेलेरियोको नयाँ भर्सन

काठमाडौं – सुजुकीका चार पांग्रे सवारी साधनका लागि नेपालको आधिकारिक विक्रेता सीजी मोटोकर्पले लोकप्रिय प्यासेन्जर कार सेलेरियो (Celerio)  को नयाँ फेसलिफ्ट भर्सन नेपाली बजारमा सार्वजनिक गरेको छ । ‘द पर्फेक्ट फेमिली कार’ को रुपमा सार्वजनिक गरिएको सेलेरियो कारमा पारिवारिक आवश्यकतालाई विशेष ध्यान दिइएको छ ।

नयाँ सेलेरियोमा परिक्षित तथा प्रमाणित अवार्ड विजेता के १० इन्जिनको प्रयोग गरिएको छ । उक्त इन्जिनले ६८ पीएसको अधिकतम शक्ति उत्सर्जन गर्दै श्रेणीमै सर्वाधिक दावी गरिएको २३ दशमलव १ किलोमिटर प्रति लिटर माइलेज दिने कम्पनीको दावी छ । नयाँ सेलेरियोमा समय सापेक्ष रुपमा नयाँ फ्रन्ट ग्रिल र स्टाइलिस फ्रन्ट बम्पर एसेम्बलीको प्रयोग गरिएको छ ।


कारको पछिल्लो भागमा गरिएको परिमार्जनले नयाँ कारलाई पहिलेको तुलनामा हेर्दा फराकिलो लुक्स प्रदान गरेको छ । सो कार बाहिरबाट हेर्दा मात्र ट्रेन्डी नभई कारको भित्री सजावटमा समेत आरामदायी अनुभव दिने सोचका साथ उपयुक्त सिट तथा फेब्रिक्सको प्रयोग गरिएका छन् ।

आकर्षक डिजाइनका साथै कार्य प्रदर्शनीलाई विशेष ध्यानमा राखी यसमा आरामदायी परिचालन अनुभवका लागि विभिन्न फिचर्सहरु पनि समाहित गरिएका छन् । सेलेरियोमा १ सय ७० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स छ । त्यसैगरी ४ दशमलव ७ मिटरको न्यूनतम टर्निङ रेडियस उपलब्ध गरिएको छ । त्यसैगरी, २ हजार ४ सय २५ एमएमको ठूलो ह्विल बेस, आवश्यकता अनुसार समायोजन गर्न मिल्ने एड्जस्टेवल सिट, विद्युतिय माध्यमबाट समायोजन गर्न सकिने ओआरभीएम्स, अटो डाउन ड्राइभर पावर विन्डो, किलेस इन्ट्री, इलेक्ट्रोनिक पावर स्टेयरिङ, पावरफूल एयर कन्डिसनिङ, २ डिन संगीत प्रणाली, ब्लूटूथ ह्याण्ड्स फ्रि प्रणाली लगायत फिचर्सहरु उपलब्ध रहेका छन् ।

कारमा उपलब्ध गरिएका सुरक्षा फिचर्सलाई दृष्टिगत गर्दा यसलाई पारिवारिक प्रयोगका लागि सर्वोत्कृष्ट कारका रुपमा पनि लिइन्छ । कारका हरेक भेरिएन्टमा स्ट्याण्डर्ड ड्राइभर एयरब्याग उपलब्ध गरिएका छन् । एन्टिलक ब्रेकिङ प्रणाली, फोर्स लिमिटर तथा प्रि टेन्सनर सुविधा सहितको ईएलआर सिट बेल्ट पनि कारमा जडान गरिएको छ । साथै, दुर्घटना हुँदा बटुवाहरुको सुरक्षार्थ घाँटी तथा टाउकोमा लाग्ने चोटपटक न्यूनिकरणका लागि प्रयोग हुने सुरक्षा फिचर्स उपलब्ध केही कार मध्य यो पनि एक भएको छ । कार चोरी लगायतबाट सुरक्षा प्रदान गर्ने सोचका साथ यसमा इम्मोबिलाइजर तथा सुरक्षा प्रणालीहरु पनि जडान गरिएका छन् ।

‘सुरक्षा तथा आरामदायी अनुभवका लागि विभिन्न फिचर्सका साथै अतुलनिय कार्य प्रदर्शनी तथा क्षमताका लागि नयाँ सेलेरियोमा विभिन्न अत्याधुनिक फिचर्सहरु उपलब्ध रहेका छन् । ‘हामीले नेपाली परिवारका लागि विशेष उपयोगी होस् भन्ने तिर विशेष ध्यान दिएर कार सार्वजनिक गरेका छौँ’, नयाँ सेलेरियोका बारेमा बोल्दै सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘हामीले निकट भविष्यमा नै यसको स्पोर्टी भेरिएन्ट सेलेरियो एक्स पनि सार्वजनिक गर्ने तयारी गरिरहेका छौँ ।’

चार बर्षे वारेन्टी तथा ८ निःशुल्क सर्भिसिङ सुविधा सहित उपलब्ध हुने कारको सुरुवाती मूल्य कम्पनीले २३ लाख ३९ हजार रुपैयाँ तोकेको छ ।

 

कमेन्ट गर्नुहोस्