होन्डा सिटीले बनायो रेकर्ड

असार २१,२०७४
होन्डा सिटीले बनायो रेकर्ड

होन्डाको ‘सबैभन्दा लोकप्रिय’ मानिएको सेडान ‘होन्डा सिटी’ कम्पनीकै सर्बाधिक सफल कार सावित भएको छ । नेपालमा धेरै लोकप्रियता नपाए पनि भारतका साथै विश्वका विभिन्न देशमा यसको सफलता लोभलाग्दो छ ।

 
हालै प्रकाशित एक रिपोर्टका अनुसार होन्डा सिटी भारतमा बिक्री हुन थाले यता ६ लाख ८० हजार कार बिक्री भएका छन् । भारतमा बिक्री भएका सबै होन्डा सिटी मध्ये यसको पछिल्लो फोर्थ जेनरेसेन कार मात्र साढे २ लाख बिक्री भएका छन् । होन्डाले सन् २०१४ मा यसको फोर्थ जेन कार लन्च गरेको थियो ।

 
होन्डा सिटी विश्वका ६० देशमा बिक्री गरिन्छ । हालसम्म करिब ३५ लाख गाडी संसारभर बिक्री भएका छन् । ती मध्ये १० लाख होन्डा सिटी फोर्थ जेनका छन् । होन्डाको यो सेडान सिटीको उत्पादन हाल भारत, चीन, थाइल्यान्ड, ब्राजिल र जापानमा गरिन्छ ।

 
भारतीय बजारमा होन्डा सिटी सन् १९९८ मा लन्च गरिएको थियो । भारतमा बिक्री भएका होन्डा सिटी मध्ये ६१ प्रतिशत पेट्रोल मोडल र ७० प्रतिशत म्यानुअल छन् । होन्डा सिटी १.५ लिटरको आई–भीटेक तथा आई–डीटेक पेट्रोल इन्जिनका ३ अप्सनमा उपलब्ध छ ।

 
एजेन्सी

कमेन्ट गर्नुहोस्