सेफ्टी इक्विपमेन्ट

जेष्ठ १०,२०७४
सेफ्टी इक्विपमेन्ट

स्पोर्टस् वा हेभी बाइक राइडरका लागि सेफ्टी इक्विपमेन्ट पनि आवश्यक हुन्छ । कतिपय बाइक निर्माता कम्पनी आफैले बाइकका इक्विपमेन्ट ,एसेसोरिजका क्याटलगहरु समेत निःशुल्क उपलव्ध गराउँछन् । यसले गर्दा बाइक राइडरहरुले बाइकको पार्टस् र एसोसरिजहरु आफुले चाहे जस्तै छनौट गर्न सक्छन् । कम्पनीमै निर्मित फुल एसोसरिज वुट्, ग्लोव्स्, ज्याकेट, हेल्मेटलगायतका आन्तरिक र वाह्य अन्य सबै एसोसरिज कम्पनीकै व्राण्डमा उपलव्ध छन् । स्पोर्टस् बाइक राइडरकै इच्छामा बाइकलाई मोडुलेसन गरेरै मात्र हस्तान्तरण गर्ने गर्छन् ।

 
मोटरसाइकल राइडरको सुरक्षाका लागि आवश्यक पञ्जा, ज्याकेट, ब्यागलगायतका इक्विपमेन्ट्स निकै महत्वपुर्ण छन् । प्रतिष्ठित कम्पनीका उत्पादन भएकाले यी इक्विपमेन्ट्स निकै भरपर्दो र टिकाउ समेत छन् । यी इक्विपमेन्ट्सले कथंकदाचित दुर्घटना भइहालेमा पनि मोटरसाइकल चालकलाई सुरक्षित राख्न निकै नै सहयोग पु¥याउछन् । यस प्रकारका पञ्जामा सिन्थेटिक फाइबर, लेदर र कार्बन फाइबर तथा टाइटानियम प्रयोग गरिएका हुन्छन् भने ज्याकेटमा कुम, कुहिनो, छाती, ढाड आदिको बचावटका लागि विशेष सामग्री राखिएका छन् ।

 
त्यसैगरी मोटरसाइकलमा विशेष प्रकारको पेन्ट गर्नका लागि एयर ब्रस उपलब्ध छ । यसले मोटरसाइकलको लुक्सलाई आकर्षक देखाउनमा सहयोग पु¥याउछ । यही कम्पनीका एयर ब्याग भएको ज्याकेट समेत उपलब्ध छन् । यसले दुर्घटना भैहालेमा ज्याकेटमा घा“टीनेर रहेको एयरब्याग फुक्छ र शरीर भु“इमा जोतिनबाट बचाउछ ।

 
ठुला र स्पोर्ट्स बाइक कुदाउनु धेरैका लागि शोख र रहर हुन सक्छ । यस्ता बाइक सहर भन्दा बाहिरका खुला सडकमा गुडाउदा रमाइलो हुन्छ । तर पनि यसका लागि विशेष सावधानी अपनाउनु आवश्यक छ । सामान्य बाइक चलाएको व्यक्तिले पनि एकै पटक ठुला बाइक चलाउन खोज्दा विशेष सतर्कता अपनाउनु पर्छ । राइडिङ गियर सही अवस्थामा राख्ने र सर्टिफाइड हेलमेटलगायतका सेफ्टी इक्विपमेन्ट्स प्रयोग गर्नु पर्छ ।

 

कमेन्ट गर्नुहोस्