इसुजुले ल्यायो दुई नयाँ पिकअप, के छन् विशेषता र अफर ?

जेष्ठ २,२०७४
इसुजुले ल्यायो दुई नयाँ पिकअप, के छन् विशेषता र अफर ?

काठमाडौं – जापनिज गाडी इसुजुका दुई नयाँ मोडल नेपाली बजारमा भित्रिएका छन् । नेपालका लागि इसुजुको आधिकारिक बितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले नेपाली बजारमा इसुजुको डी–म्याक्स भी–क्रस र एस–क्याब मोडल नेपाली बजारमा उपलब्ध गराएको हो ।
डी–म्याक्स भी–क्रस
इसुजु डी–म्याक्स भी–क्रस दोस्रो पुस्ताको पिकअप गाडी हो । पाँच सिट क्षमता र पाँच रङमा उपलब्ध यो गाडीमा २ हजार ५ सय सिसी डिजेल इन्जिन छ । यसले १ सय ३४ एचपी हाइ प्रेसर दिन्छ । यसले १८०० देखि २८०० आरपीएममा ३२० एनएम टर्क प्रदान गर्छ ।
यो गाडीलाई फोर ह्विल ड्राइभ मोडमा चलाउन सकिन्छ । हाई राइड सस्पेन्सन तथा हाई स्पिडमा उच्च ग्राभिटी स्टेब्लिटि प्रदान गर्छ । पाँच स्पिड म्यानुअल ट्रान्समिसन रहेको यो गाडी चलाउन पनि आरामदायी रहेको कम्पनीले जनाएको छ ।
मल्टी इन्फरमेसन कनेक्टिभिटी रहेको यो गाडीमा ब्लुटुथ तथा आइप्याड सपोर्टिङ सिस्टम रहेको छ । जसका कारण अफरोडका लागि यो अति उपयुक्त हुने कम्पनीको दाबी छ ।

 

नेपाली बजारमा यसको मूल्य ६० लाख ९० हजार रहेको छ । यो गाडी युरोप अष्ट्रेलिया, दक्षिण अमेरिका, थाइल्याण्ड र भारतको अटो बजारमा अत्यन्त रुचाइएको बताइएको छ ।
डी–म्याक्स एस–क्याब
पाँच सिट क्षमताको यो पिकअप गाडी व्यवसायीहरुलाई लक्षित गरेर ल्याइएको कम्पनीले जनाएको छ । २ हजार ५ सय सिसी डिजेल इन्जिन क्षमता रहेको यो नयाँ पुस्ताको रहेको कम्पनीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्