खोटाङमा एकैसाथ १९ टाटा सुमोको सेवा

पुष २८,२०७४
खोटाङमा एकैसाथ १९ टाटा सुमोको सेवा

काठमाडौं – पुर्वको पशुपतिनाथको जिल्ला भनेर चिनिने खोटाङमा एकैसाथ १९ थान टाटा सुमोको सेवा प्रारम्भ भएको छ । खोटाङ यातायात ब्यवसायी संघले सो क्षेत्रमा जिप सेवा सुरु गरेको छ । यसबाट सो क्षेत्रको यातायातमा एउटा क्रान्ति आएको बताइएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रम बीच १९ थान टाटा सुमोको साँचो हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रमको उद्घाटन टाटा मोटर्सका कन्ट्री म्यानेजर अजित नारायण सिहं र खोटाङका प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले संयुक्त रुपमा गरेका थिए ।

उक्त कार्यक्रममा खोटाङका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै खोटाङ यातायात व्यवसायी सघंका पदाधिकारीहरुले टाटा सुमोको बलियो इन्जिन र पहाडी बाटोमा उच्च तान क्षमताले गर्दा आफ्नो रोजाईमा परेको बताए । भविष्यमा अझ गाडी थप्दै सेवा विस्तार गरिने उक्त अवसरमा जानकारी गराइएको थियो ।

कमेन्ट गर्नुहोस्