कल्पना र मञ्जुले पाए ‘सुनै सुनको वर्षा रानीहारसँगै बिदेश यात्रा’

पुष २६,२०७४
कल्पना र मञ्जुले पाए ‘सुनै सुनको वर्षा रानीहारसँगै बिदेश यात्रा’

काठमाडौं – महिन्द्रा टु ह्वीलरको आधिकारीक वितरक अग्नि मोटो इन्कले दसैं, तिहार तथा छठ चाडपर्वको अवसरमा ल्याएको ‘सुनै सुनको वर्षा रानीहारसँगै बिदेश यात्रा’ योजना अन्तर्गत थाइल्यान्ड भ्रमण गर्ने अवसर प्राप्त विजेताको घोषणा गरिएको छ । उक्त अफर अन्तर्गत हेटौंडाकी कल्पना दाहाल र विर्तामोडकी मञ्जु खरेलले थाइल्यान्ड भ्रमण गर्ने अवसर पाउने भएका छन् ।

अग्नि मोटो इन्कले उक्त योजना अन्तर्गतको लक्की ड्रमा प्रत्येक १५ दिनमा रानीहार प्रदान गर्दै आएको थियो भने बम्परमा २ परिवारलाई थाइल्यान्डको भ्रमण गर्ने अवसर प्रदान गरिएको थियो । कल्पना र मञ्जुको परिवारले ५ दिन ४ रातको प्याकेज सहित बैंकक भ्रमणको अवसर प्राप्त गरेका छन् । साथै, १५औं दिनको अन्तिम रानिहार विजेता मध्यविन्दुका दल बहादुर खत्री बनेका छन् ।

उक्त लक्की ड्रको घोषण महिन्द्रा टु ह्वीलरको अफिसियल फेसबुक पेज https://www.facebook.com/MTWLNepal मार्फत महिन्द्रा एण्ड महिन्द्रा नेपालका कन्ट्री म्यानेजर आशिष जोशीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्