हुन्डाईले ल्यायो विन्टर डिलाइट स्किम, करिब ७ लाख छुट

पुष २६,२०७४
हुन्डाईले ल्यायो विन्टर डिलाइट स्किम, करिब ७ लाख छुट

काठमाडौं – नेपालका हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई विन्टर डिलाइट स्किम’ ल्याएको छ । यस योजना मार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटको साथमा ६ लाख ९६ हजार सम्मको सेवा सुबिधा प्राप्त गर्ने अवसर पाउनेछन् ।

यस योजना अन्तर्गत हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निशुल्क १ वर्ष सम्मको बिमा, एक लाख सम्मको एक्सचेन्ज बोनस, २० हजार रुपैयाँ बराबरको लोयल्टी बोनससँगै पुरानो सवारीको स्पट एक्सचेन्ज तथा मूल्यांकनको सुबिधा समेत प्राप्त गर्न सक्ने छन् । साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

चिसो मौसममा पनि उक्त हुन्डाई विन्टर डिलाइट स्किमले ग्राहकवर्गमा न्यानोपनको आभाष प्रदान गर्ने लक्ष्य लिइएको कम्पनीले बताएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको र हुन्डाई विन्टर डिलाइट स्किममार्पmत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले बताएको छ ।

यस योजना निर्धारित समयका लागि मात्र लागू हुने पनि कम्पनीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्