टाटाको जनवरी फेस्टमा प्रियंका

पुष २४,२०७४
टाटाको जनवरी फेस्टमा प्रियंका

काठमाडौं – तीन दिनसम्म चलेको टाटा मोटर्सको जनवरी फेस्टको अन्तिम दिन हिजो नायिका प्रियंका कार्की सहभागी भइन् । उनले जनवरी फेस्टमा सहभागी दर्शकलाई विभिन्न मनोरञ्जन प्रदान गरिन् ।

टाटा मोटर्सको थापाथलीस्थित सोरुममा सम्पन्न उक्त फेस्टमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो । जनवरी फेस्टमा ग्राहकले टाटा मोटर्सका नयाँ तथा आधुनिक डिजाइनका उत्पादनहरु जेस्ट, टियागो, टिगोर, हेक्सा, स्टोर्मलगायतका गाडीहरु अवलोकन तथा टेस्ट ड्राइभ गर्न र जुनसुकै ब्रान्डका गाडी एक्सचेन्ज गर्न सकिने व्यवस्था गरेको थियो ।

त्यस अवसरमा इन्स्यारेन्सको सुविधा, अन द स्पट फाइनान्स सुविधा, म्याजिक सो, मनोरञ्जनात्मक कार्यक्रम र खानाको मज्जा लिन सकिने व्यवस्था थियो । उक्त अवधिभर गाडी बुकिङ गर्ने ग्राहकलाई उपहारको पनि व्यवस्था गरिएको थियो ।

स्मरणीय छ, नायिका प्रियंका कार्कीले टाटा मोटर्सको जेस्ट कार प्रयोग गर्छिन् । उनले यो कार गत बैशाखमा खरिद गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्