भक्तपुरमा खुल्यो फोर्सको सोरुम

पुष २८,२०७४
भक्तपुरमा खुल्यो फोर्सको सोरुम

भक्तपुर – जी मोटर्सले भक्तपुर सल्लाघारीमा फोर्स गाडीहरुको सोरुम संचालनमा ल्याएको छ ।

स्पेयर पार्ट्सको सुविधा सहित खुलेको यो सोरुमबाट सवारी साधन खरिद गर्ने ग्राहकलाई विशेष छुटसहितका सुविधाहरु भएको संचालक कैलाश बाबु गेलालले जानकारी दिए ।

त्यस्तै विभिन्न समितिहरुले एकैपटक ५ भन्दा धेरै गाडी खरिद गरेमा छुटसँगै विदेश भ्रमणको मौका पाउने गेलालले जानकारी दिए ।

उक्त सोेरुमले एक्सचेन्ज सुविधा पनि ल्याएको छ । योजना अन्तर्गत जनसुकै ब्रान्डको जस्तोसुकै पुरानो गाडीको उचित मुल्याङ्कन गरी फोर्सका गाडी खरिद गर्न सकिनेछ ।

सोरुममा फोर्सको १४ सिट क्षमताको क्रुजर डिलक्स जिप, १६ सिट क्षमताको ट्राभलर रोयल बस, गोर्खा जिप, कार्गो किङ पिक अप, स्कुल बस लगायतका गाडीहरु विशेष छुटमा पाउन सकिने बताइएको छ ।

जी मोटर्सले भक्तपुर र कोशी अञ्चलको लागि फोर्स मोटरको आधिकारिक डिलरको रुपमा कार्य प्रारम्भ गरेको हो । जी मोटर्सले अब कोशी अंचलमा समेत फोर्सको लागि इटहरीमा पनि डिलर खोल्ने तयारी गरिरहेको छ ।

कम्पनीले राजधानीको रविभवनमा टीभीएस टु ह्विलरको डिलर पनि संचालन गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्