यस्ता छन् संसारका आकर्षक क्रसवाक

सडक पार गर्ने स्थानमा जेब्राक्रसिङ बनाइएको हुन्छ । यसलाई अर्को शब्दमा क्रसवाक पनि भनिन्छ । नेपालका सडकमा यसका लागि सिधा धर्काहरु प्रयोग गरिएको हुन्छ । तर संसारका सबै स्थानमा यस्ता सीधा धर्का मात्र प्रयोग हुदैनन् । विभिन्न कम्म्पनीहरुले यसका लागि विभिन्न प्रकारका सिर्जनशीलताको प्रयोग गर्छन् ।

यस्ता सिर्जनशील क्रसवाकका कारण सडकको सौन्दर्यतामा वृद्धि हुनुका साथै कम्पनीहरुले सडकमा हिड्ने यात्रु र गाडीचालकको ध्यान आफ्ना उत्पादनमा पनि पु¥याउन सक्छन् । संसारका धेरै देशमा यस्ता फरक फरक क्रसवाक छन् । ती मध्ये कतिपय व्यावहारिक रुपमै प्रयोग भएका छन् भने कतिपय नमूनाका रुपमा मात्र छन् ।


म्याकडोनाल्ड क्रसवाक
म्याकडोनाल्ड फास्टफुडका लागि प्रसिद्ध कम्पनी हो । स्वीट्जरल्यान्डको जुरिफेस्टमा भएको विकेन्ड फेस्टिभलमा यसले पनि अन्य विभिन्न कम्पनीहरुस“गै स्ट्रिट फेस्टिभलमा प्रतिस्पर्धा ग¥यो । सडकमा हिडिरहेका हजारौ पैदलयात्रीलाई आकर्षण गर्नका लागि कम्पनीले एउटा नया“ योजना बनायो । उक्त योजना अनुसार नै सडकमा म्याकडोनाल्डको लोगो भएको क्रसवाक बनाइयो, जुन निकै नै प्रभावकारी भयो ।


ल्याटिन इन्स्योरेन्स क्रसवाक
पेरुको प्रसिद्ध इन्स्योरेन्स कम्पनी ल्याटिना इन्स्योरेन्सले एउटा प्रिन्ट एड्भर्टाइजिङ क्याम्पेनको आयोजना ग¥यो । खतरापुर्ण लाइफस्टाइलमा पनि मानिसको जिन्दगी सुरक्षित छ भनी देखाउनु उक्त क्याम्पेनको उद्येश्य थियो । गोही, सर्पलगायतका जनावर सडकमा हुदा पनि विभिन्न प्रकारका जेब्रा क्रसिङको सहायताले सडक पार गर्न सकिन्छ भनी देखाउनु थियो । यसलाई संसारकै सर्वाधिक सिर्जनशील क्रसवाक विज्ञापन मानिन्छ ।


कर्भिङ इर्गो क्रसवाक
कोरियन डिजाइनर जे मिन लिमले सोल इन्टरनेसनल डिजाइन प्रतियोगितामा यो डिजाइन गरेका थिए । उक्त डिजाइनमा परम्परागत क्रसवाकलाई परिमार्जन गरी वृत्ताकार रुपमा निर्माण गरी रंगीन बनाइएको छ । सडकमै एलइडी लाइटको प्रयोग गरी कुन अवस्थामा सडक पार गर्ने र नगर्ने भनी छुट्याइएको हुन्छ । यसले गर्दा मानिसहरुले नियम पालना गर्न पनि सहज हुन्छ । सुरक्षा पनि हुन्छ ।


पियानो क्रसवाक
स्वीट्जरल्यान्डका विभिन्न स्थानमा यस्ता क्रसवाक छन् । पियानोको आकारमा पेन्ट गरिएका यी क्रसवाक पार गर्ने समयमा पियानोको धुन बज्छ । पैदलयात्रीहरु पियानोको धुनस“गै सडक पार गर्छन् । स्वीट्जरल्यान्डमा यस्ता क्रसवाक निकै नै प्रसिद्ध छन् ।


बबल्स हेयर सैलुन कम्ब क्रसवाक
इटालीको रोममा यस्ता क्रसवाक निकै नै प्रचलित छन् । कपाल काट्न र अन्य प्रयोजनका लागि खोलिएका सैलुनहरुको पहिचान गराउनका लागि सडकमा का“गियो आकारका क्रसवाक बनाइएका छन् । यसले गर्दा मानिसहरुले हेयर सैलुन कहा छन्, थाहा पाउछन् । इटालीमा यस्ता क्रसवाक निकै नै लोकप्रिय छन्, जसले गर्दा फेसनप्रेमी इटालियनहरुलाई निकै नै सजिलो समेत भएको छ ।


डायजोनल क्रसवाक
अमेरिकाको लस एन्जेल्समा यो क्रसवाक छ । यस प्रकारको क्रसवाकका कारण पैदलयात्रीहरु एउटै क्रसवाकबाट फर्कनु पर्दैन । उनीहरु आवश्यकता अनुसार एकै स्थानमा जोडिएको जुनसुकै क्रसवाकबाट सडक पार गर्न सक्छन् । लस एन्जेल्सका मेयर एन्टोनियोको योजना अनुसार यो क्रसवाक बनेको हो । यसले गर्दा ट्राफिक नियन्त्रणमा पनि निकै सहयोग पुग्छ ।


सेन्टिनी अर्वानी क्रसवाक
इटालियन दाजुभाई डि एड्रियानो र जि एड्रियानोले आफ्नो औद्योगिक उत्पादनको प्रचार प्रसार गर्नका लागि डिजाइन गरेको ब्रान्ड नेम नै एड्रियानो डिजाइन हो । उनीहरु परम्परागत जेब्रा क्रसिङलाई पुनः आविष्कार गर्न चाहन्थे । यसको उद्येश्यलाई मर्न नदिई आवश्यक नियम सहित पैदल यात्री हिड्न सकुन् र उक्त स्थानका वारेमा समेत जानकारी प्रदान गर्न सकुन् भनी यस्तो डिजाइन गरिएको हो ।


सपिङ कुरिटिबा क्रसवाक
ब्राजिलको सपिङ कुरिटिबा फ्रान्कोको अगाडी यो क्रसवाक बनाइएको छ । यसलाई बारकोडको ढाचामा निर्माण गरिएको छ । सन् २००८ को अगस्ट २२ देखि २६ सम्म भएको ५ दिने प्रचार अभियानका क्रममा सपिङ मल अगाडी यो क्रसवाक बनाइएको हो । यो बिज्ञापनलाई धेरैले मन पराए र यसले ब्राजिलमा त्यो वर्षको ‘बेस्ट कमर्सियल अवार्ड समेत पायो ।


साउथ अफ्रिका टुरिज्म क्रसवाक
भारतको मुम्बइलगायतका विभिन्न स्थानमा ट्राफिक लाइटको नजिकका क्रसवाकमा वास्तविक जेब्रा जस्ता क्रसवाक बनाइएका छन् । साउथ अफ्रिका टुरिज्मको बिज्ञापन अभियानको यो एउटा पक्ष हो । मुम्बइको एउटा बिज्ञापन एजेन्सीले यस प्रकारको बिज्ञापन गर्ने जिम्मेवारी लिएको छ । भारतीय पर्यटकहरुलाई ‘साउथ अफ्रिका टाढा छैन’ भनी देखाउनु यसको मूख्य लक्ष्य हो । भारतीयहरु छुट्टी मनाउन साउथ अफ्रिका जाने चलन छ । त्यसैलाई प्रवद्र्धन गर्नका लागि भारतका विभिन्न स्थानमा यस्ता बिज्ञापन सहितका क्रसवाक बनाउने योजना छ ।

 

Subscribe Now