राजधानीमा अब बाबा गोकर्णेश्वरका बस
काठमाडौं – काठमाडौं उपत्यकामा अब बाबा गोकर्णेश्वर नामका आरामदायी बसहरु सञ्चालनमा आएका छन् । अशोक लेल्यान्ड कम्पनीका त्यस्ता २० वटा आरामदायी बस सञ्चालनमा ल्याइएको छ ।

 
१० वटा बसहरू माकलबारीबाट नारायणटार, गौरीघाट, मित्रपार्क, गौशाला हुदै कोटेश्वर पुगेर चक्रपथ परिक्रमा गर्ने र चावहिलबाट पूनः मित्रपार्क आएर सोही रुटबाट फर्किने छन् । १० वटा बस चाहि माकलबारीबाट नारायणटार, जोरपाटी, बौद्ध, चावहिल, धुम्बाराही हुदै चक्रपथ परिक्रमा गर्ने र सोही रुटबाट फर्किने छन् । २० वटा बसले सुविधा नपुग्ने भएकोले पुनः १० दिन भित्र ५ वटा बस थपिनेछन् । ती गाडीहरु चैत ८ गते बाट सञ्चालनमा आएका हुन् ।

 

नेपाल सरकारको अवधारणा अनुसार ८ मिटर च्यासिस वा ४० सिटको गाडीलाई प्राथमिकतामा राखेसँगै गोकर्णेश्वर यातायात प्रालिले ८ मिटर च्यासिसलाई जोड दिएको कम्पनीले बताएको छ । उक्त बसहरु ३२ सिट क्षमताका छन् जसले साना माइक्रोमा कोचाकोच यात्राबाट छुटकारा हुने, सर्वसाधारणलाई उन्मुक्ति मिल्ने विश्वास लिएको बताइएको छ ।

 
भारतको नं १ कम्पनी र विश्वको तेस्रो ठूलो बस निर्माता अशोक लेल्यान्ड कम्पनीको Lynx smart बसले सुरक्षित यात्राको अनुभुति दिने बाबा गोकर्णेश्वरका अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले बताए ।

Subscribe Now