यात्रु ठगिए, कलंकीबाट सबै टिकट बुकिङ काउन्टर हटाइने

काठमाण्डौ - कलंकीबाट सबै टिकट बुकिङ काउन्टर हटाइने भएको छ । बिचौलियाहरूले यात्रु ठगेका कारण टिकट बुकिङ काउन्टर हटाउन सरकारले निर्देशन दिएको छ ।

सरकारले गाडीभाडामा १० प्रतिशत वृद्धि गरेपछि यसैको बहाना बनाएर बिचौलियाहरूले यात्रु ठगिरहेको सरकारको निश्कर्ष छ । अव ट्राफिक प्रहरीसँगको सहकार्यमा कलंकीका काउन्टर हटाउने तयारी गरिएको छ । यस्तै कोटेश्वरमा रहेको काउन्टरबाट पनि यात्रु ठगिएको गुनासो आएकाले अनुगमन थालिएको छ ।

अब उपत्यकाबाट विभिन्न जिल्लामा जाने गाडीलाई नयाँ बसपार्कबाट मात्रै छुट्न दिइने यातायात व्यवस्था विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागले कसैले बढी भाडा असुले तुरुन्त नजिकैको ट्राफिक प्रहरी वा यात्रु सहायता कक्षमा उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । उजुरी आएमा यात्रु ठग्नेलाई तुरुन्त कारबाही गरिने विभागले जनाएको छ ।

Subscribe Now