Check, click, shop
एफटेकका बाइक अटो शोमा

काठमाडौं – भृकुटीमण्डपमा जारी नाडा अटो शोमा पहिलो पटक एफटेक मोटर्सका बाइक भित्रिएइका छन् ।

नेपालमै पहिलो पटक यी बाइक उपलब्ध भएका हुन् ।

इटालियन कम्पनीसँगको सहकार्यमा भारतमै उत्पादन गरिएका यी बाइक ११० देखि ३१० सीसी सम्ममा उपलब्ध छन् ।

यी बाइकको मूल्य १ लाख ७० हजार देखि ५ लाख ९९ हजार रुपैयाँ सम्म छ ।

यी बाइक युरो फोर र बीएस फोर मापदण्डमा निर्माण गरिएका छन् ।

त्यसैगरी एबीएस, सीबीएस लगायतका सुरक्षात्मक संयन्त्र समेत छन् ।

नेपालमा म्याक्स भिजन लिमिटेडले यी बाइक उपलब्ध गराएको छ ।

Subscribe Now