Check, click, shop
आयो एसीयुक्त हेलमेट, पसिनाको समस्या नहुने

बाइक चलाउदा हेलमेट लगाउनु पर्छ । तर गर्मी याममा पसिना आएर हैरान हुन्छ ।

गर्मीमा पसिनाका कारण गर्मीको अनुभूति गर्न नपरोस् भन्ने उद्देश्यका साथ एयर कन्डिसनयुक्त हेलमेटको विकास गरिएको छ ।

अमेरिकी हेलमेट निर्माता कम्पनी फेहर हेलमेटले विकास गरेको फेहर एसीएच– १ नामक उक्त हेलमेट विश्वकै पहिलो फुल इन्टिग्रेटिङ एयर कन्डिसन्ड हेलमेट भएको बताइएको छ ।

कम्पनीका अनुसार उक्त हेलमेट पहिरिदा अनुहार र शीरको तापक्रम १० देखि १५ डिग्री सेल्सियस सम्मको अवस्थामा राख्छ ।

हेलमेटको पछिल्लो भागमा लगाइएको थर्मोइलेक्ट्रिक पम्पले हावालाई चिसो गराउनुका साथै हेलमेट भित्रको चिसोलाई पनि सुकाउने काम गर्छ । यसमा कुनै ब्याट्री भने हु“दैन ।

यसमा पावर कोड हुन्छ । उक्त पावर कोडलाई बाइकको ब्याट्रीस“ग एट्याच गरेर पावर लिन सकिन्छ । हेलमेटमा भएको सानो तारको सहयोगले उक्त कार्य गर्न सकिन्छ ।

अमेरिकी बजारमा उक्त हेलमेटको मुल्य ५ सय ४९ अमेरिकी डलर हुनेछ ।

Subscribe Now