नेपालगञ्जमा महिन्द्रा टू ह्वीलरको शोरुम

काठमाडौं - नेपालको लागि महिन्द्रा टू ह्वीलरको आधिकारिक विक्रेता अग्नि मोटो इन्कले नेपालगञ्जको कारकादोमा महिन्द्रा टू ह्वीलरको शोरुम खोलेको छ । कम्पनीले चाडपर्वको सिजनमा “मूल्य कति स्क्र्याच गरी आउँछ जति” योजना सहित नयाँ सोरुम उद्घाटन गरेको छ ।

शोरुमबाट दसैं, तिहार र छठको अवसरमा यो योजना अन्तर्गत महिन्द्रा टु ह्वीलर किन्नेले स्क्र्याच कुपन पाउने छन् । स्क्र्याच कुपनमा भएको रकम तिरी बाइक वा स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ । सीमित अवधिको लागि लागू गरिएको यस योजनामा न्यूनतम २ हजार ७५ रुपैयाँमा महिन्द्राको टुह्वीलर खरिद गर्न सकिने छ ।

शोरुमले सवारी विक्री मात्र नभई ग्राहकमुखी सेवा, सर्भिस तथा स्पेयर पार्ट्सको सर्वसुलभता गराउने कम्पनीको दावी छ ।

 

 

Subscribe Now