Check, click, shop
चालू आर्थिक वर्षमा ८ अर्ब २८ करोडको सवारी साधन आयात

काठमाडौं - चालू आर्थिक वर्षको अठाई महिनामा ८ अर्ब २८ करोड १८ लाख बराबरको सवारीसाधन आयात गरिएको छ । चालू आवको साउनदेखि असोज १५ गतेसम्म भारत तथा तेस्रो मुलुकबाट ८ अर्ब २८ करोड १८ लाख बराबरको सवारी साधन नेपाल भित्र्याइएको छ ।

विगतको वर्षमा यो समयमा भारत तथा तेस्रो मुलुकबाट रु ६ अर्ब ८६ करोड १२ लाखको सवारीसाधन नेपाल भित्रिएका थिए ।

नेपाल भित्रिने सवारीसाधनमा ९० प्रतिशत भारतबाट तथा १० प्रतिशत तेस्रो मुलुकबाट रहेका छन् । चालू आवको साउनदेखि असोज १५ गतेसम्ममा भारत तथा तेस्रो मुलुकबाट ५१ हजार ६ सय ८० थान मोटरसाइकल तथा अटोरिक्सा, एम्बुलेन्स, ट्र्याक्टर, जीप, कार, भ्यान, विद्युतीय गाडी, बस, मिनीबस तथा माइक्रोबस नेपाल भित्रिएका छन् ।

दशैँ, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै यि सवारी साधन नेपाल भित्र्याइएको हो । वीरगञ्ज भन्सार कार्यालयले कूल राजश्वको ४० प्रतिशत राजश्व ती सवारीसाधन उठेको जनाएको छ । सरकारले चालू आवदेखि खरीद गरिएका गाडीको मूल्यको ८० प्रतिशत भन्सार महशुल, ६० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लिने गरेको छ ।

बिक्रेताले गाडीको बुकिङ र राजश्व बुझाउने काम समयमै नगरेपछि नेपालतर्फको आइसिपी, सुख्खा बन्दरगाह र भारत रक्सौलको पन्टोका क्षेत्रमा हुन्डाई, मारुती, सुजुकी, फोर्ड महिन्द्रा, निशान, रिनल्ट, नेकशन, टाटा, टोयटा, मसिडिज लगायत जीप, कार, भ्यान, पिकअप, ट्रक, टिपर, मिनीबस, ट्र्याक्टर लगायत सवारीसाधन रोकिएका छन् ।

 

Subscribe Now