सडक दुर्घटनावाट पाँच बर्षमा ११ हजारको मृत्यु

काठमाडौं - सडक दुर्घटनावाट पाँच बर्षमा ११ हजारको मृत्यु भएको छ । पछिल्लो पाँच वर्षमा ७९ हजार ४ सय १७ सवारी दुर्घटनामा १० हजार ७ सय २२ जनाले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक भएको छ ।

सो दुर्घटनामा २० हजार १ सय ४६ जना गम्भीर घाइते भएका थिए भने ४० हजार ७ सय ५४ जना साधारण घाइते भएका थिए । हरेक वर्ष दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरी निर्देशनालयले जनाएको छ ।

पहिरो र सडक दुर्घटनावाट बर्सेनि भौतिक र मानवीय क्षति बढ्नुमा अव्यवस्थित सडकको ठूलो भूमिका रहेको सिँचाइ मन्त्रालयले जनाएको छ । नेपाल ग्रामिण सडकले भरिएको देश हो । मर्मतसम्भार नगरिएका र जथाभावी खनिएका सडकले दुर्घटना बढाएको छ । त्यसै माथि पनि धेरै पुराना सवारी साधनहरुमात्रै ग्रामिण भेगका सडकहरुमा गुडाउनाले पनि दुर्घटना वढेको छ ।

यातायात व्यवसायिहरु नयाँ सवारी साधनहरु ग्रामिण भेगका सडकहरुमा चलाउँदा छिट्टै विग्रिने भएकाले चलाँउन मान्दैनन् । अहिले पनि सरकारले २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाउनुको सट्टा ग्रामिण भेगमा चलाउने तयारी गर्दै छ । जसको कारण आगामि वर्ष सडक दुर्घटना घट्नुको साटो वढ्ने छ ।

Subscribe Now