Check, click, shop
नेपाली अटोमोबाइल तथा इन्जिनियरिङ क्षेत्रमै नौलो 100 Youths Our Future  अभियान

काठमाडौँ इन्जिनियरिङ्ग कलेज, कालिमाटीले नेपाल अटोमोबाइल्स एसोसिएसन (NASA) सँगको सहकार्यमा 100 Youths Our Future अभियान संचालन गर्न गईरहेको छ ।

काठमाडौँ इन्जिनियरिङ्ग कलेजको पूर्ण व्यवस्थापनमा हुने यो अभियान गत अक्टुबरबाट शुरु भई आगामी २०१९ January सम्म जम्मा ४ महिना संचालन हुनेछ । यद्यपि यो कार्यक्रमको अवधारणा गत डिसेम्बरमै पारित भई आजसम्म पूर्वतयारीकै अवस्थामा थियो ।

संसारमै लोकप्रिय र साहसको प्रतिरुप मानिएको मोटर स्पोर्ट्सको अवधारणा भित्र रहेर नेपालमा यो अभियान शुरु भएको हों जसमा :

  1. College To Karts
  2. Auto Robotic Car Competition
  3. Personality Development

(Road Safety Idea Bank)

रहेका छन् जसले नेपाली शिक्षित यूवालाई साहसिक खेल, स्पोर्ट्स टुरिजम, रोड सेफ्टी तथा व्यक्तित्व विकासमा केही उत्साह, केही सक्रियता र केही अवधारणा प्रदान गर्नेछ ।

काठमाडौँ इन्जिनियरिङ्ग कलेज आफैमा एउटा स्थापित नाम हो । अत्यन्तै नवीन यो अभियानले कलेजलाई अझ उचाईमा पुर्याउने विश्वास गर्न सकिन्छ । विद्यालय नै खेलकुदको आधार भुमि हो, अटो स्पोर्ट्सको लागि होस् या अन्य Team sports या मार्सल आर्ट्सको लागि । नासाले इन्जिनियरिङ्ग कलेजलाई मोटर स्पोर्ट्सको प्रारम्भिक केन्द्र बनाउँदा नेपाली स्पोर्ट्समा यूवाको प्रवेश सहज मात्र होइन, भोलिका खेल पदाधिकारी समेत शिक्षित र सम्बन्धित क्षेत्रकै हुनेछन् ।

यस अभियानअन्तर्गत :

पहिलो चरण : काठमाडौँ इन्जिनियरिङ्ग कलेज तथा अन्य इन्जिनियरिङ्ग कलेजमा आधारित रहेर इच्छुक विद्यार्थीलाई समेटेर मोटर स्पोर्ट्स, ड्राइभ टुरिजम, अटो रोबोटिक्स इनोभेसन तथा सडक सुरक्षा बारेमा छोटो जानकारी दिइनेछ ।

दोस्रो चरण : ती इच्छुक बिद्यार्थीहरु मध्येबाट लिखित परिक्षाको आधारमा १०० जना छनौट गरिने छ, जसमा अटोमोबाइल स्पोर्ट्स, इनोभेसन तथा रोड सेफ्टीका प्रश्न हुनेछन् ।

तेस्रो चरण : छनौट भएका बिद्यार्थीलाई उनीहरुले प्राप्त गरेको नम्बर तथा विषयको आधारमा ३ क्षेत्रमा विभाजन गरिनेछ ।

जसमा Auto Robotic Car Competition मा १३ ग्रुप * ३ जना (प्रत्येक ग्रुपमा) = ३९ जना, College To Karts मा ४० जना तथा Personality Development मा २१ जना हुनेछन् ।

चौथो चरण : तिनवटै क्षेत्रका बिद्यार्थी माझ आ—आफ्नो समुहको छनौट र प्रतिस्पर्धा गराइनेछ र जस मध्ये अटो रोबोटिक कार कम्पिटिसन यसै कलेजमा, College To Karts Himalayan Motorland Dhulikhel  मा र Personality Development (Road Safety Idea Bank) यसै कलेजमा प्रस्तुत गरिनेछ ।

पाचौं चरण : Auto Robotic Car Competition बाट ३ जना (पहिलो हुने टिम), College To Karts बाट प्रथम, द्वितीय र तृतीय तथा Personality  Development (Road Safety Idea Bank) बाट १ जना गरी कुल सात जनालाई KF1 Singapore Circuit मा Study Visit मा लगिनेछ र पहिलो National Championship सिंगापुरमै आयोजना गरिनेछ ।

यी सबै कार्य काठमाडौँ इन्जिनियरिङ्ग कलेजको व्यबस्थापनमा तथा NASA, Institute of Automotive Engineers (IAE) र Fédération Internationale de l'Automobile (FIA) को सहयोगमा गरिनेछ ।

सम्पूर्ण कार्यक्रमको लगानी अनुमानित १२ लाख हुनेछ जसको लागि काठमाडौँ इन्जिनियरिङ्ग कलेजले पाँच लाख नगद सहयोग, अटो रोबोटिक कम्पिटिसन र विद्यार्थी व्यबस्थापन गर्नेछ भने त्यस बाहेकका कार्य नासाले गर्नेछ ।

छनौट भएका र बिजेता बिद्यार्थीलाई Motor Sports, Adventure Tourism, Road Safety, Sports Management तथा अन्य खेलकुद, पर्यटन तथा सार्वजनिक अभियानमा सरिक गराइनेछ ।

सम्पूर्ण कार्यक्रम ब्यबस्थापन गर्न काठमाडौँ इन्जिनियरिङ्ग कलेजबाट सुरेन्द्र खत्री तथा नासाबाट रितेश उपाध्यायलाई जिम्मेवारी दिइएको छ भने कलेजका प्रिन्सिपल चाँदशम्सेर राणा, नासाका अध्यक्ष दशरथ रिसाललाई यो अभियानको सुपरीवेक्षक बनाइएको छ । साथै, यस अभियानको प्राविधिक पार्टनर Institute of Automotive Engineers (IAE) हुनेछ ।

नेपालको भूगोल, आर्थिक अवस्था र केही कानुनी जटिलताले मोटर स्पोर्ट्स मात्र नभई अन्य साहसिक स्पोर्ट्स समेत अफ्ठ्यारामा छन् । तिनै अफ्ठ्यारा बीचबाट प्यराग्लाइडिङले एसियन गेममा एउटा मात्र भए पनि पदक जितेको यथार्थतालाई बिर्सनु भने हुदैन । मोटर या मोटरसाइकल रेसिङ्गको लोकप्रियता नेपालमा सोचि नसक्नुको छ भन्दा अत्युक्ति नहोला ।

नेपालकै अलि पृथक, साहसिक, प्राविधिक, इनोभेटिभ तथा सामाजिक यस अभियानबाट यस कलेज तथाअन्य इन्जिनियरिङ्ग कलेजका बिद्यार्थीले आफ्नो क्षमता, प्रतिभाको प्रष्फुटन गर्ने मात्र नभई भविष्यमा यस क्षेत्रका नेतृत्वकर्ता समेत बन्ने विश्वास लिइएको छं ।

स्थापनाको एक दशक नासाले आफूलाई समाजमा स्थापित गर्न नै ज्यादा साधनश्रोत खर्च गरिरहेको अवस्थामा काठमाडौँ इन्जिनियरिङ्ग कलेजको यो नेतृत्वदायी कदमले नेपाली खेलकुदमै ठुलो अर्थ राख्ने देखिन्छ ।
स्मरण रहोस नासाले हालै आफ्नो मध्यकालीन रणनीति, सार्वजनिक गरेको छ, जसमा कम्तिमा १० वटा रणनीतिक साझेदार बनाउने भन्ने रहेको छ, सम्भवत काठमाडौँ इन्जिनियरिङ्ग कलेज त्यसको पहिलो साझेदार होला ।

“ नेपालकै इन्जिनियरिङ्ग शिक्षाको क्षेत्रमा अत्यन्तै नौलो, एड्भेन्चर र थ्रिलिङ् हो यो इभेन्ट । आजका युवालाई अत्यन्तै चुनौतीपूर्ण, नयाँ र साहसिक कार्य मनपर्ने हुनाले पनि हामी यो अभियानमा जोडिएका छौं । फेरि मोटर स्पोर्ट्स, ड्राइभ टुरिजम तथा रोड सेफ्टी हाम्रा लागि पर्यटन, खेलकुद र सामाजिक कार्य पनि हुन् ।

नेपाली इन्जिनियरिङ्ग कलेज क्षेत्रमा छुट्टै छाप छोड्न सफल काठमाडौँ इन्जिनियरिङ्ग कलेजले नै यो नया अभियानको नेतृत्व गर्न शुरु गरेको भए पनि हामी सम्पूर्ण अन्य इन्जिनियरिङ्ग कलेजलाई समेत सहभागी हुन अनुरोध गर्दछौं । ”

चाँदशम्सेर राणा
प्रिन्सिपल, काठमाडौँ इन्जिनियरिङ्ग कलेज

“विश्वकै मोटरिङ्ग अर्गनाइजेसन FIA को Sports Development परियोजनाको सपना हो यो अभियान, जसलाई विपना बनाउन लागेको छ काठमाडौँ इन्जिनियरिङ्ग कलेज, कालिमाटी । आज संसारकै लोकप्रिय, साहसिक र रोमाञ्चकारी खेल मोटर स्पोर्ट्स र सर्र्वािधक संबेदनशील सामाजिक एजेन्डा रोड सेफ्टीमा इन्जिनियरिङ्गका विद्यार्थी संलग्न हुनु हाम्रो लागि खुसीको कुरा हो ।

हामी नेपाली खेलकुद, पर्यटन र सामाजिक कार्यमा यो एउटा माइलस्टोन हुनेछ भन्ने विश्वासमा छौं ।”

गोविन्द भट्टराई
महासचिव, नासा

 

Subscribe Now