टिभिएसको निःशुल्क सर्भिस क्याम्प

मंसिर ८, काठमाडौं– टिभिएस मोटर कम्पनीको आधिकारिक बितरक जगदम्बा मोटर्सले यही मंसिर ६ देखि ८ सम्म टिभिएसको नक्सालस्थित सर्भिस सेन्टर एसजी इन्जिनियरिङ्ग प्रालिमा ‘गियरड टु केयर’ नामक निःशुल्क सर्भिस क्याम्प आयोजना गरेको छ । सर्भिस क्याम्पको आज अन्तिम दिन हो ।

 

जगदम्बा मोटर्सका सर्भिस हेडकाअनुसार, कम्पनीले क्याम्पमा सहभागी हुने ग्राहकहरुलाई १० प्रतिशत निःशुल्क लेबर चार्ज, स्पेयर पार्टसमा १२ प्रतिशत डिस्काउन्ट, इन्जिन आयलको खरिदमा १० प्रतिशत डिस्काउन्टका साथै अर्को सर्भि्सिङ्गको लागि विशेष छुट दिनेछ ।
साथै क्याम्पमा जगदम्बा मोटर्सले टिभिएसका बाइक तथा स्कुटरका लागि टिभिएस आयलको बिक्री प्रारम्भ गरेको छ ।
कम्पनीकाअनुसार टिभिएसको काठमाडौँस्थित सम्पुर्ण सर्भिस सेन्टरले नेपालमै पहिलो पटक १ घण्टामै सम्पूर्ण सर्भिस प्रदान गर्ने छन् ।

 

एक्सप्रेस सर्भिस स्टेशन नामाकरण गरिएको स्टेशनहरुमा टिभिएसद्वारा प्रशिक्षित सर्भिस इन्जिनियरहरुले बाइक तथा स्कुटरको सर्भि्सिङ्ग गर्नेछन् । साथै, ग्राहकहरुको सहजता र सम्पूर्ण सेवाको लागि टिभिएसले टोल फ्रि नम्बर १६६००१३१३३७ को सुरुवात पनि गरेको छ ।

Subscribe Now