इमान्दारिता नै लोकप्रियताको आधार

जेष्ठ १०,२०७४
इमान्दारिता नै लोकप्रियताको आधार

तेजराज सेढाई
प्रबन्ध निर्देशक, अजय मेसिनरी स्टोर्स, पर्सा चितवन
चितवनको पर्सामा अजय मेसिनरी स्टोर्स छ । ट्रयाक्टरका विभिन्न प्रकारका पार्ट्स र लुब्रिकेन्ट्सको कारोवार गरिरहेको अजय मेसिनरी स्टोर्सको व्यवसाय ०४९ सालदेखि प्रारम्भ भएको थियो । स्टोर्सले हाल नेपालभर विभिन्न स्थानमा आफ्ना सामग्री उपलब्ध गराइरहेको छ । तेजराज सेढाई र भाइ रत्नमणि सेढाईको अगुवाईमा यो व्यवसाय अगाडि बढिरहेको छ । यसै सन्दर्भमा अजय मेसिनरी स्टोर्सका प्रबन्ध निर्देशक तेजराज सेढाईसँग गरिएको कुराकानी ः
अजय मेसिनरी स्टोर्सले कुन कुन स्पेयर पार्ट्सको कारोबार गरिरहेको छ ?
हामीले ट्रयाक्टरको स्पेयर पार्ट्स सम्बन्धी विभिन्न प्रकारका कारोबार गरिरहेका छौ । हामी ट्याफे ब्रान्डको ट्रयाक्टरका लागि आधिकारिक बितरक हौ । हामीले ट्याफे स्पेयर पार्ट्स र ट्याफे आयल बिक्री वितरण गर्छौ । त्यसैगरी ह्याप्पी स्टिल्स प्रालिको नर्थ स्टार ब्रान्डको रियर एक्सल, कम्बो ब्रेक लाइनिङ र सुपरसिल आयल सिलको समेत बितरण गर्छौ । यी बाहेक अन्य विभिन्न प्रकारका स्पेयर पार्ट्स समेत उपलब्ध गराइरहेका छौ ।

Sedhai
ट्याफे स्पेयर पार्ट्स कस्तो विशेषताका छन् ?
भारतको चेन्नाईमा ट्रयाक्टर्स एन्ड फार्म इक्विपमेन्ट लिमिटेडले यी स्पेयर पार्ट्स उत्पादन गर्छ । ट्याफे ट्रयाक्टरका लागि विशेष रुपमा यी स्पेयर पार्ट्स उपयुक्त छन् । हामीले चितवन आसपासका क्षेत्रदेखि लिएर पूर्वको बिर्तामोडसम्म यी सबै स्पेयर पार्ट्स उपलब्ध गराउछौ ।

 

ह्याप्पी स्टिलको नि ?
ह्याप्पी स्टिल भारतको लुधियानामा अवस्थित कम्पनी हो । नेपालको तराई क्षेत्रमा विशेष गरी ट्रयाक्टरको धेरै प्रयोग हुने भएकाले यसका उत्पादन पनि तराई क्षेत्रमै बढी प्रचलित छन् ।
कम्बो ब्रेक लाइनिङ ?
भारतको पुनेमा यसको उत्पादन हुन्छ । यसले ट्रयाक्टरको ब्रेक लाइनिङ सम्बन्धी सबै प्रकारका सामग्री उत्पादन गर्छ ।
अनि सुपरसिल ?
यो चाहिं भारतको फरिदाबादमा बन्छ । यसका उत्पादन हामी नेपालभर उपलब्ध गराइरहेका छौ ।
ट्रयाक्टरका पार्ट्सको बजार अवस्था कस्तो छ ?
राज्यको नीतिका कारण यसमा समस्या छ । सरकारले कृषि क्षेत्रमा प्रयोग हुने स्पेयर पार्ट्सका लागि भन्सार छुटको व्यवस्था गरे पनि ट्रयाक्टरमा प्रयोग हुने विभिन्न पार्ट्सका लागि यो व्यवस्था गरेको छैन । ट्रयाक्टर वा यस्तै कृषि प्रयोजनमा उपयोग हुने मेसिनरी सामग्रीमा भन्सार छुट हुनुपर्ने हो । तर स्पेयर पार्ट्समा यो व्यवस्था छैन । ट्रयाक्टरमा राखेर खेत जोत्नका लागि प्रयोग हुने स्पेयर पार्ट्समा यो मान्यता छैन । त्यसैले यो कुरामा सरकारको ध्यान जानु आवश्यक छ ।
त्यसैगरी ट्रयाक्टरको बढी प्रयोग हुने नेपालको तराई क्षेत्र भारतीय सीमानाको नजिक छ । यसका कारण भारतबाट विभिन्न मात्रामा स्पेयर पार्ट्सको चोरी निकासी हुने गरेको छ । यसका कारण हामी व्यवसायीहरुलाई प्रतिस्पर्धा गर्न धेरै नै गाहे भएको अवस्था छ । यो कुरामा ध्यान जानु आवश्यक छ ।
यो क्षेत्रमा स्पेयर पार्ट्सका लागि अजय मेसिनरी स्टोर्स निकै नै लोकप्रिय छ । यसको कारण के होला ?
हामी जेन्युइन स्पेयर पार्ट्सको कारोबार गर्छौ । यसका कारण लामो समयदेखि नै हामीलाई ग्राहकले पत्याएका हुन् । पारिवारिक रुपमै हामी यो कारोबारमा संलग्न छौ । म र मेरो भाई रत्नमणि आफै नै नेपालभरका विभिन्न स्थानका बजारमा पुगेका हुन्छौ । थोरै सामग्री बिक्री भए पनि हामीले मार्जिन धेरै राखेका हुदैनौ । यसका कारण नै हामीलाई धेरै पार्ट्स कम्पनीहरुले डिष्ट्रिब्युटरको रुपमा काम गर्न अनुरोध गर्छन् । यद्यपि पुँजी अभाव र अन्य विभिन्न कारणले सबै कम्पनीको डिष्ट्रिब्युटर बन्न सम्भव पनि हुँदैन । हाम्रो इमान्दारिता नै लोकप्रियताको आधार हो ।
कुन कुन क्षेत्रमा तपाइहरु स्पेयर पार्ट्स उपलब्ध गराउनु हुन्छ ?
नेपालमा ट्रयाक्टर पुग्ने लगभग सबै स्थानमा हाम्रा स्पेयर पार्ट्स उपलब्ध छन् । यद्यपि बजार हिस्साको आधारमा तराई क्षेत्रका सहर नै बढी महत्वपूर्ण छन् । ट्रयाक्टरको प्रयोग तराईमा खेती किसानीका लागि बढी हुने भएकाले त्यसो भएको हो । यो बाहेक सामान ढुवानी प्रयोजनका लागि पहाडमा पनि यसको निकै नै उपयोग हुने भएकाले त्यो क्षेत्रमा पनि हाम्रो राम्रो बजार छ ।
अबको योजना के छ ?
अहिले भइरहेको बजारलाई नै थप मजबुत बनाउने हाम्रो योजना छ । हामीले सबैका लागि आवश्यक जेन्युइन स्पेयर पार्ट्स उपलब्ध गराइरहेका छौ । हामीप्रति धेरै ग्राहकको विश्वास पनि छ । हामी यो विश्वासलाई सधै कायम राख्न चाहन्छौ ।

 

कमेन्ट गर्नुहोस्